जलेश्वर क्षेत्रको मुहार फेर – Jaleshwortoday

जलेश्वर क्षेत्रको मुहार फेर

 August 4, 2021  
Education

महोत्तरीको जलेश्वर नगरपालिका र यसको वरिपरीका क्षेत्रहरुलाई विकसित गर्न अति आवश्यक देखिन्छ । सरकारले घर—घरमा सिंहदरबार पुर्याए पनि महोत्तरीको सदरमुकाम जलेश्वरको विकासको गति बढनु भन्दा घटेको देखिन्छ । जलेश्वर एक ताका अञ्चलाधिसको कार्यालय रहने ठाउँको रुपमा परिचित थियो । कुनै पनि ठाउँको विकासको लागि विकासको पूर्वाधारहरुको विकास हुनु आवश्यक हुन्छ । यसै गरी जलेश्वरको विकासको लागि यसको पूर्वाधारहरु जस्तो की सडक (यातायात),शिक्षा,स्वास्थ्य,संचार,खानेपानी,विजुली,कृषि लगायतको क्षेत्रको विकास हुनु आवश्यक छ । जलेश्वर नगरसँग जोडिने हरेक सडक र उपसडकहरु कालोपत्रे हुनु आवश्यक छ । यसको लागि स्थानिय सरकार,जि.स.स.,सिडिओ र सडक डिभिजन कार्यालयको समन्वय हुन आवश्यक छ । यसको लागि स्थानिय नगर प्रमुखले अगुवाई तथा जिम्मेबारी बहन गर्न आवश्यक छ । यस क्षेत्रका संघ तथा प्रदेशका साँसदहरु समेत त्यतिकै जिम्मेबार हुन आवश्यक छ । विकासका बजेटहरुको इमानदारीसाथ खर्च गर्न लगाउनु पर्छ । यहाँको व्यवसाय पनि त्यति फ्रष्टाएको देखिदैन । यसको लागि उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत आधुनिक कार्य प्रणालीको प्रयोग गरेर व्यवसायको प्रगतिको लागि नेतृत्व गर्नुपर्ने जरुरी छ । त्यसैगरी जलेश्वरलाई अझै विकसित गर्नको लागि यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा प्रचारप्रसार गर्न आवश्यक छ । यसको लागि स्थानिय सरकारले प्रदेश सरकारसँग पहल गर्न लगाउन जरुरी छ । यस नगरपालिकाको बजेटहरु समेत लक्षित तथा जरुरी क्षेत्रहरुमा खर्च हुनुपर्छ । यस नगरपालिकाका विगतका विकासका योजनाहरु विकासात्मक देखिदैन । पोखरीहरु सौन्दर्ययीकरण,हाटबजारको व्यवस्थापन,मठमन्दिरको मरम्मत सम्भार लगायतका क्षेत्रमा लगानी भएको देखिदैन । यस पालिकाको हाकिम अनुभवि भए पनि त्यस अनुरुपको विकासात्मक नेतृत्व भएको देखिदैन । वहाँले पालिकामा समय नदिएर कर्मचारीहरु नै असन्तुष्ट रहेको अवस्थामा सेवाग्राहीको हाल कस्तो होला अनुमान लगाउन सकिन्छ । पालिकामा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले दैनिक रुपमा उपस्थित हुन जरुरी छ । यसको लागि जनता सक्रिय हुनुपर्छ र गलत कामको विरोध गर्नुपर्छ ।