कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि हुने - Jaleshwortoday

Best slot machines to play 2024

  1. 100 Free Spins Casino No Deposit New Zealand: The important takeaway is that you wont be controlling the speed.
  2. Slot Lady Of Avalon By Barcrest Demo Free Play - The dealer is usually required to stand on a soft 17.
  3. Entropay Online Casino: Although not as new as the casinos above, it still offers a juicy welcome bonus for new AU players.

How to win money at an online crypto casino

Uk Mobile Casino No Deposit Bonus Codes
Mobile Incorporated Limited is an online gaming platform that owns and operates different online casino sites.
Roulette Plays Ireland
Amber gives you 10 free spins which can be re-triggered should you wish.
Aside from that, limited-time events often pop up throughout the year.

What does it mean when you dream about gambling and winning

Cloud Casino Australia
That means there is nobody watching their backs and making sure they are treating their players properly and fairly.
Best Casino Online In United Kingdom
The Wish Master is a 20 line Net Entertainment poker machine with a unique wishes feature that can give you a variety of bonuses for multiple spins and jackpots as high as 900,000 credits.
Canadian Casino Online

कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि हुने

 ११ भाद्र २०७८, शुक्रबार २२:५६  
Class 12

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ११ भाद्र
कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए ।‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ । अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ । विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ ।’ उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापन बारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ ‘कक्षा १० सम्म सञ्चालन भएका देशभरि ११ हजार ६ सय विद्यालय छन्। कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय छन्,’ सदस्य सचिव अर्यालले भने, ‘कक्षा १२ का धेरै विद्यार्थी भएकाले बोर्डले कक्षा १० र १२ सञ्चालन भएका सबै विद्यालयलाई परीक्षा केन्द्र बनाउने तयारी गरेको छ ।’ स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिने बोर्डको भनाइ छ । गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्था गरि परीक्षा सञ्चलानको तयारीमा जुटेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। उनले बिहीबार स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिए । ‘जापानबाट प्राप्त भएको १६ लाख डोज खोपमध्ये कक्षा १२ का विद्यार्थीलाई आवश्यकताको आधारमा उपलब्ध गराइरहेका छौं,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै विद्यार्थीलाई खोप पुग्छ त्यसैले अब भदौ अन्तिम साता परीक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ ।’ यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना सर्वाजनिक गरी मन्त्रालयकै अनुरोधमा सरकारले १८ वर्ष र सोभन्दा बढी उमेरका सबै विद्यार्थीलाई खोप उपलब्ध गराउने व्यवस्था गरेकाले सबैले खोप लगाउनुपर्नेमा जोड दिए । आफूलाई पाएक पर्ने खोप केन्द्रबाट खोप लगाउन सबै विद्यार्थीलाई अनुरोध गरिएको उनको भनाइ छ । विद्यार्थीलाई खोप लिनका लागि सहजिकरण गरिदिन शिक्षण संस्थालाई समेत आग्रह गरिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।