कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने – Jaleshwortoday

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

 September 2, 2021  
Class 12

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ भाद्र
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।