आरजे इर्शाद शेख
महोत्तरी, २५ जेष्ठ
जलेश्वर नगरपालिका–१ स्थित बरुण सर पोखरीमा शुक्रबार बिहान सुरक्षा निकायहरूको संयुक्त एकीकृत विपद् प्रतिकार्य अभ्यास सम्पन्न भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको आयोजनामा भएको सो अभ्यासमा करिब २५० जना सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले गर्नुभयो भने जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार प्रमुख अतिथि रहनुभयो।
सुरक्षा निकायबीचको समन्वय सुदृढ गर्ने र आपतकालीन अवस्था व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याउने उद्देश्यले गरिएको अभ्यासमा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बुद्धिजीवी, भद्रभलादमी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा गोरखनाथ गण, प्रकौली ब्यारेक जलेश्वरका प्रमुख सेनानी विनोद विकास पाठक, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल गण नं. ९ हे.क्वा. महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक सुदिप अधिकारी, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दासलगायतको उपस्थिति रहेको थियो।
