धनुषा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा - Jaleshwortoday

Best odds in winning roulette

  1. Free Daily Spins Online Canada Casinos: Players can withdraw their deposited money before the wagering requirements are met but in doing so the bonus will expire.
  2. Newest Casino Online - When you win them, the spins start automatically at your bet, and though you don't pay for these spins, you receive all the money you win.
  3. Tsi Casino No Deposit Bonus Codes For Free Spins 2025: If youre lucky enough, big wins will roll in.

Caesars crypto casino online review

Shaftesbury Casino West Bromwich Opening Hours
Rick and Morty slot machine offers a variety of features like free spins, wilds and cascading reels.
Zapateira Casino No Deposit Bonus 100 Free Spins
After that, you can begin to place one of the following bets on horses.
While the same pattern holds regarding most of the states, Texas seems to be an exception.

Tiket blackjack

21lyckybet Casino Review And Free Chips Bonus
All in all, I would strongly advise any players from visiting Casino Venetian.
Slot John Hunter And The Quest For Bermuda Riches By Pragmatic Play Demo Free Play
It has a loyalty program with regular rewards for frequent players and we found that the app and desktop platforms are both extremely fluid without long load times.
Canada No Deposit Free Spins 2025

धनुषा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

 २३ असार २०८२, सोमबार २२:४३  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २३ आषाढ

धनुषालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ’खोप निशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ खोपले जीवन रक्षा गर्छ भन्ने नाराका साथ धनुषालाई स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्ला खोप समन्वय समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक न्यौपानेले घोषणा पत्र हस्तान्तरण गरे । घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप सुनिश्चितता बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।

सो अवसरमा मन्त्री सिंहले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले मधेशका जिल्लाहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिदैन भने आशंकालाई चिर्दै धनुषा लगायतका जिल्लाहरुले आशंकालाई गलत साबित गरेको बताए । विगतमा खोप भण्डारणको व्यवस्था नहुँदा ढुवानीमै ठूलो रकम खर्चिनु पर्ने बाध्यता थियो, डा. यादवले भने–अहिले भने यस्ता बाध्यताहरुलाई प्रदेश सरकारले समाधान गरेको छ । प्रदेश सरकारले आफ्नै खोप भण्डारण गृह निर्माण गरेर संचालनमा ल्याएपछि हेटौडा, विराटनगर लगायतको स्थानबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेर गएको उनको तर्क थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक न्यौपानेले स्वास्थ्य क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै गएको जिकिर गर्दै मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा हुनु यसकै उदाहरण रहेको बताए । यसमा स्वास्थ्यकर्मीहरुको योगदान महत्वपूर्ण रहेकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशक न्यौपानेले आग्रह गरे ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले बताए ।

राष्ट्रिय खोप तालिका अनुसार जिल्लाका १८ वटै पालिकाको १६९ वटा वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित जिल्ला घोषणा गरिएको यादवले बताए ।

जिल्लाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिका हुँदै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला सुनिश्चितता घोषणा गरिएको यादवले जानकारी दिए ।