‘जर्सी देखि बच्चन पाण्डे’सम्मः एकै दिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा – Jaleshwortoday

‘जर्सी देखि बच्चन पाण्डे’सम्मः एकै दिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा

 September 26, 2021  
Sahid Kapoor

जलेश्वरटुडे समाचारदाता
काठमाडौंं, १० असोज

अक्टुबर २२ तारिखबाट महाराष्ट्र सरकारले हल खोल्न दिने निर्णय गरेसँगै बलिउड चलचित्रकर्मीहरु चलचित्र प्रदर्शनका लागि मिति घोेषणा गर्न तछाडमछाड देखिएका छन् । पहिलो चरणकोे कोरोनाका महामारीका कारण रोकिएका दर्जनौ बलिउड चलचित्रदेखि लकडाउनपछि छायांकन भएका चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा हुन थालेको छ ।
आइतबार मात्र १२ बलिउड चलचित्रको प्रदर्शन मिति तय भएको छ । जसमा, ‘सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाई जोरदार र शम्शेरा’ छन् । यस्तै, नाडियाडवाला ग्रान्डसनको ब्यानरमा बनेका ४ चलचित्रको प्रदर्शन मिति पनि घोषण गरिएको छ ।