एयरहोस्टेससँग प्रेममा परेका थिए सञ्जय दत्त – Jaleshwortoday

एयरहोस्टेससँग प्रेममा परेका थिए सञ्जय दत्त

 September 27, 2021  
Sanjay Dutta

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ११ असोज

सञ्जय दत्त बलिउडका ती कलाकार हुन् जो आफ्नो फिल्मका साथै आफ्नो नीजि जीवनका लागि पनि निकै चर्चामा रहन्छन् । माधुरी दिक्षितदेखि यस्ता थुप्रै बलिउड कलाकार छन् जोसँग सञ्जय दत्तको नाम जोडिइसकेको छ । सञ्जय दत्तले बलिउडमा उनको पहिलो फिल्म ‘रकी’ बाट असाध्यै लोकप्रियता पाए । यो फिल्मपछि उनले ‘नाम’ फिल्मको प्रस्ताव पाए । यो फिल्मको सुटिङका लागि उनी फिलिपिन्स गएका थिए । सञ्जय दत्तलाई त्यहाँ एक शा नामकी युवतीसँग प्रेम बस्यो ।
सञ्जय दत्तले विवाहका लागि राखेका थिए शर्तः
शा व्यावसायिक रुपमा एक एयरहोस्टेस थिइन् । सञ्जय दत्त शालाई यति मन पराउँथे कि उनले ती युवतीलाई विवाहको प्रस्ताव पनि राखेका थिए । तर सञ्जय दत्तले प्रस्तावका साथै उनलाई एउटा शर्त पनि राखिदिए । यहि शर्तका कारण ती युवतीले सञ्जय दत्तसँग विवाह गर्न अस्वीकार गरिदिइन् । यो किस्साबारे सञ्जय दत्तको जीवनमा आधारित किताब ‘सञ्जय दत्तः द क्रेजी अनटोल्ड स्टोरी अफ द बलिउड ब्याड बोयमा खुलासा गरिएको छ ।
सञ्जय दत्तले शालाई करियर छोड्न भनेः
सञ्जय दत्तको जीवनमा आधारित यो किताबमा बताइए अनुसार सञ्जय दत्तले शालाई विवाहको प्रस्ताव राखे तर यससँगै सञ्जय दत्तले विवाह पछि आफ्नो करियर छोडेर घर सम्हाल्न पनि भने । सञ्जयले प्रस्ताव राखेको यो कुरा शालाई फिटिक्कै मन परेन र उनी सञ्जय दत्तबाट अलग्गिइन् ।
शाले सञ्जय दत्तसँग आफ्नो भविष्य देखिनन्ः
यो किताबमा बताइए अनुसार सञ्जय दत्तले शा आफ्नो करियर छोडेर उनीसँग विवाह गरुन् भन्ने चाहना राखेका थिए तर शालाई यसबारे थाहा हुने बित्तिकै उनले सञ्जयसँग आफ्नो भविष्य देखिनन् तसर्थ अलग्गिने निर्णय गरिन् । शापछि सञ्जय दत्तले किमी काटकरलाई डेट गरे तर जब उनको भेट ऋचा शर्मासँग भयो तब उनी ऋचातर्फ आकर्षित भए र किम र सञ्जय दत्तको सम्बन्धको अन्त्य भयो ।
सन् १९८७ मा गरे ऋचासँग विवाहः
ऋचा अमेरिकाकी मूल निवासी थिइन् र भारतमा फिल्ममा अभिनय गर्न आएकी थिइन् । उनले केही फिल्ममा पनि काम गरिन् । ऋचा र सञ्जय दत्तको भेट पहिलो पटक फिल्मको मुहूर्तमा भएको थियो । सञ्जय दत्तले ऋचालाई पहिलो पटक देख्दा नै मन पराइसकेका थिए । ऋचाले पनि सञ्जयलाई माया गर्न थालेकी थिइन् । तर सञ्जय दत्तले त्यही पुरानो शर्त ऋचा सामु पनि राखे । यसलाई ऋचाले स्वीकार गरिन् र दुबैले सन् १९८७ मा विवाह गरे ।
सञ्जय दत्तले विभिन्न कारणले तीनवटा विवाह गरे । हाल उनी मान्यता दत्तसँग सुखमय वैवाहिक जीवनमा रमाइरहेका छन् ।