बालिकालाई जबर्जस्ती करणी गरी फरार युवक पक्राउ – Jaleshwortoday

बालिकालाई जबर्जस्ती करणी गरी फरार युवक पक्राउ

 October 9, 2020  
Child raper

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २३ आश्विन

महोत्तरीमा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक दुई महिनापछि पक्राउ परेका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका .१ बस्ने बर्ष २१ का पिन्टु ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । गएको साउन ११ गते साँझ घर नजिकैकी एक ६ वर्षीया बालिकालाई ललाईफकाई घरमा लगेर करनी गरी फरार भएका थिए । उनलाई मनरासिसवा नगरपालिका ९ बथनाहा गाउँ स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपि बसेको अवस्थामा पक्रउ गरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
No description available.