जनगणनामा छुटेकाले ११७८ मा फोन गरे गणक आउने – Jaleshwortoday

जनगणनामा छुटेकाले ११७८ मा फोन गरे गणक आउने

 November 26, 2021  
Census

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १० मंसिर

जनगणनाका दौरान छुटपुट भएका घरले ‘११७८’ मा कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यस्तो काम ४÷५ दिनसम्म जारी रहने छ । सो दौरान कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको छ । सबैलाई समयमै सम्पर्क गरी राष्ट्रिय जनगणनामा सहयोग गर्न अपिल समेत गरिएको छ ।