नेसपाले जनजागरण गर्न जरुरी – Jaleshwortoday

नेसपाले जनजागरण गर्न जरुरी

 December 3, 2021  
Education

नेपाल सद्भावना पार्टी(नेसपा) ले अहिले जन जागरणमा ध्यान दिन जरुरी रहेको देखिन्छ । नेसपाको पुरानो कार्यकर्ता तथा नेताहरु देश भरी नै छरिएर रहेका छन् । तर तिनीहरुलाई यो पार्टी जिवित अवस्थामा छ वा छैन धेरैलाई यस बारे जानकारी छैन । त्यसकारण नेसपाले पार्टीको पुर्नजन्म भएको जानकारी पुराना तथा नयाँ नेता तथा कार्यकर्ताहरुलाई विभिन्न संचारका माध्यमहरुबाट जानकारी गराउन आवश्यक रहेको देखिन्छ । यस पार्टीले स्व. गजेन्द्र नारायण सिंहको सपता पुरा गर्न गराउनको लागि जनसहभागिता बढाउनको लागि अहिले जन जागरण गर्न आवश्यक छ । यस पार्टीले त पुराना नेता तथा कार्यकर्ताहरुका सदस्यता नविकरण मात्र गर्न जरुरी छ । यसको लागि घरदैलो कार्यक्रम गर्न जरुरी छ । नेपालको पहिलो तथा एक मात्र पूर्ण रुपमा मधेसी नेतृत्व भएको मधेसीहरुको पार्टी नेसपा रहेकोले सबै मधेसी लगायत अन्य वर्गहरुले समेत यस पार्टीको विकास तथा विस्तारमा सहयोग गर्न आवश्यक रहेकोले स्थानिय,प्रदेशीक तथा संघिय रुपमा प्रचार तथा जनजागरण गर्न गराउन आवश्यक छ । अहिलेको लोसपा तथा राजपा एक ताका नेसपा नै थिए । नेसपाकै विधानको मुद्दाहरुलार्ई यी पार्टीहरुले प्रयोग गरे पनि यथार्थ रुपमा संस्थापक सिंहको योगदान तथा परिचयलाई बिलिन गरिसकेको परिवेशमा जनताले सहि र गलत पत्ता लगाई सहि नेतालाई निर्वाचित गर्न जरुरी छ । नागरिकता,संघियता , समतामूलक समाज र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माँग संस्थापक सिंहकै रहेकोले यस मध्ये संघियता आए पनि अन्य मुद्दाहरुको समाधान अहिलेसम्म नपाइएकोले अधिकार प्राप्तिको लागि यस पार्टीको बारेमा प्रचारप्रसार गर्न जरुरी छ ।