आरजे इर्शाद शेख
महोत्तरी, १६ भाद्र
वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा सञ्चालनमा रहेका विभिन्न विकास परियोजनाहरूको जिल्ला स्तरीय संयुक्त अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्णको नेतृत्वमा आज सम्पन्न गरिएको छ।
अनुगमन टोलीले एकीकृत ग्रामीण विकास समाज महोत्तरीद्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र दलित समाज उत्थान समिति नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत सञ्चालनमा रहेका गतिविधिहरूको स्थलगत निरीक्षण गरेको हो।
अनुगमनका क्रममा परियोजनाहरूले आर्थिक वर्ष सन् २०२५ मा सञ्चालन गरेका मुख्य गतिविधिहरूको अवलोकन गर्नुका साथै लाभग्राहीहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरिएको थियो। सहभागीहरूद्वारा परियोजनाबाट समुदायमा परेको प्रभावको मूल्याङ्कन गरिनुका साथै आगामी दिनमा अझ प्रभावकारी ढंगमा कार्यान्वयन गर्न सुझावहरू पनि प्रस्तुत गरियो।
जिल्ला समन्वय समिति प्रमुख कर्णले परियोजनाहरूले विपन्न वर्गको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान गरेको बताउँदै सरकार र संस्थाबीच थप समन्वयको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।
एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले परियोजनाले भौतिक पूर्वाधार, स्वास्थ्य, जीविकोपार्जन र सशक्तिकरणमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवले परियोजनाले गरीब लक्षित प्रभावकारी कार्यहरू गरेको बताउँदै भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
अनुगमन टोलीमा विभिन्न निकायका प्रतिनिधिको सहभागिता
संयुक्त अनुगमनमा निम्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो:
एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुन
जिल्ला समन्वय अधिकारी मधु कुमारी महतो
गैरसरकारी संस्था महासंघका अध्यक्ष दिलीप कुमार पाण्डे
कृषि ज्ञान केन्द्रका राजकिशोर यादव
भेटेरिनरी तथा पशु सेवा केन्द्रका कमरुद्धिन अन्सारी
स्वास्थ्य कार्यालय महोत्तरीकी प्रतिभा सिंह
शिक्षा विज्ञान तथा समन्वय केन्द्रकी रिना साह
दलित समाज उत्थान समिति नेपालकी अध्यक्ष डेजी पाण्डे
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू प्रमिल अधिकारी र दिलीप यादव ,
दलित समाज उत्थान समिति नेपालका प्रतिनिधिहरू उतिम चन्द्र चौधरी,पुनीत चौधरी ,सुरभ सुमन, माधवेंद्र ठाकुर
एकीकृत ग्रामीण विकास समाज महोत्तरीका प्रतिनिधिहरू उमेश न्यौपाने, कुमार भण्डारी ,भूपेन्द्र निरौला, उषा कार्की, उर्मिला शर्मा, राजीव कुमार झा
नेपाल पत्रकार महासंघ महोत्तरीका : संजीत कुमार मण्डल
मिथिला टेलीविजनका पत्रकार रौशन मिश्र र रेडियो अप्पन मिथिलाका आरजे इर्शाद शेख
वर्ल्ड भिजन इन्टरनेसनल नेपालले महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा साझेदार संस्थामार्फत स्वास्थ्य, पोषण, बाल संरक्षण, जीविकोपार्जन, र विपद् जोखिम न्यूनीकरण सम्बन्धी विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
बाल संरक्षण तथा स्पोन्सरशिप कार्यक्रमबाट:
एकडारा: ३,२०० बालबालिका
सम्सी: ४,००० बालबालिका दर्ता भई प्रत्यक्ष लाभान्वित
जीविकोपार्जनमा सहयोग:
एकडारा: ४०४ घरधुरी
सम्सी: १७६ घरधुरीलाई साना व्यवसाय सञ्चालनका लागि सामग्री तथा सीप विकास सहयोग
स्वास्थ्य संस्थाहरूमा उपकरण सहयोग:
भिडियो एक्सरे मेसिन, फ्रिज, बेबी वार्मर, डेलिभरी बेड आदि
स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई प्रशिक्षण तथा सामग्री सहयोग
दलित समाज उत्थान समिति नेपाल महोत्तरीका कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीका अनुसार परियोजनाबाट प्राप्त उपलब्धिहरूले समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याएको छ।
