" >
जेनजीको आजको प्रधान सेनापतिसँगको बार्ता निश्कर्षबिहिन,रास्वपा र राप्रपा समाबेश गराउँन दबाब - Jaleshwortoday

जेनजीको आजको प्रधान सेनापतिसँगको बार्ता निश्कर्षबिहिन,रास्वपा र राप्रपा समाबेश गराउँन दबाब

 २५ भाद्र २०८२, बुधबार १७:१४  
5

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ भाद्र

जेनजीका प्रतिनिधिहरु तथा प्रधान सेनापति अशोक सिंग्देलसँग भएको बार्ता निश्कर्षविहिन भएर टुंगिएको छ ।

जंगीअड्डामा भएको प्रारम्भिक छलफलमा जेन–जीन प्रतिनिधिहरुले वार्तामा बस्नुअघि तीन सर्त अघि सारेका छन्— सातै जिल्लाका युवासँग समन्वय गरी तीन दिनभित्र मात्र टोली तय गर्ने, कुनै राजनीतिक दलका मान्छे नसमेट्ने, र सरकारले मृतक र घाइतेको जिम्मा लिनुपर्ने। यसको जवाफमा प्रधानसेनापति अशोकराज सिग्देलले रास्वपा र राजावादी समूहसहित सबैको सुझाव लिनुपर्ने बताउँदै अझै समय लिन आग्रह गरेका छन्। यता उक्त भेटमा उपस्थित जेनजी रक्षा वमले लेखेकी छिन्, राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं।
साभारः GalaxyKhabar.com