आइतबारदेखि जनकपुरधामको शैक्षिक संस्थाहरु खोलाउन चौतर्फी दबाबः मधेस प्याब्सन – Jaleshwortoday

आइतबारदेखि जनकपुरधामको शैक्षिक संस्थाहरु खोलाउन चौतर्फी दबाबः मधेस प्याब्सन

 September 12, 2025  
Amrendra Jha copy

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २७ भाद्र

मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले आइतबारदेखि जनकपुरधामको शैक्षिक संस्थाहरु खोलाउन चौतर्फी दबाब आएको बताउनु भएको छ ।
अभिभावक,विद्यार्थी,शिक्षक तथा बुद्धिजिवीहरुको व्यापक दबाब आएपछि केन्द्रीय अध्यक्ष झाले जेन—जेड जनकपुरधामलाई संबोधन गर्दै एक प्रेस विज्ञप्ति जारी गरी भाद्र २९ गते आइतबारदेखि जनकपुरधामका सबै शैक्षिक संस्थाहरु सुचारु गर्न गराउन शान्तिपूर्ण वातावरण कायम गर्न गराउन विशेष गरी जेन—जेड जनकपुरधाम तथा सबै सरोकारबालाहरुसँग आग्रह गर्नु भएको छ ।
सो प्रेस विज्ञप्तिमा जेन—जेड युवा पुस्ताहरुले पछिल्लो २७ घण्टामा आधुनिक नेपाल बनाउन देखाएको साहस र बलिदानलाई मधेस प्याब्सन परिवार उच्च कदर गरेको बताउनु भयो । शान्तिपूर्ण आन्दोलनको क्रममा नेपाल प्रहरीको गोलि लागि सहादत प्राप्त गरेका ज्ञातअज्ञात वीर शहिद युवाहरु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ भने यस दुखको घडीमा शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । शान्तिपूर्ण आन्दोलनकै क्रममा घाइते भई विभिन्न अस्पतालहरुमा उपचरार्थ घाईते युवाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
केन्द्रीय अध्यक्ष झाले समग्र नेपालको कुशल नेतृत्व गर्न उम्मेदबार चयन गर्ने गराउने प्राथमिक अभिभारा पनि जेन—जेड पुस्ताकै रहेकोले सबैको सल्लाह तथा विचारलाई चिन्तन गर्दै उपयुक्त तथा उत्तम निर्णय गर्ने बेला रहेको सुझाएका छन् ।
जेन—जेड जनकपुरधामले भाद्र २३ गते जनकपुरधाम उपमहानगरपालिका भित्रका सबै विद्यालय तथा कालेज बन्द गर्न जारी गरेको अनुरोध पत्र बमोजिम यस उपमहानगर भित्रका सबै शैक्षिक संस्थाहरु बन्द गरिएका थिए जुन अहिले पनि यथावत छ । जनकपुरधामका शैक्षिक संस्थाहरुले पनि जेन—जेडका आन्दोलनलाई सफल पार्न सहयोग तथा सदभाव कायम गरेको यथार्थलाई स्मरण गराउदै केन्द्रीय अध्यक्ष झाले अहिले जेन—जेडकै माँग बमोजिम देशको नेतृत्व चयनदेखि अन्य कार्यहरु अगाडी बढीरहेको सामाचार प्राप्त भएको र अगामी दिनहरुमा समेत यस्तै सफलता प्राप्त होस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । अब जनकपुरधामको जनजिवन सहज तथा चलायमान बनाई दिनु पर्ने प्रमुख जिम्मेबारी पनि जेन—जेड जनकपुरधामकै रहेको स्मरण गराउदै विद्यार्थीहरुको बन्द भएको पठ्नपाठ्न प्रति गहिरो चिन्ता ब्यक्त गर्दै विभिन्न ठाउँहरुबाट अभिभावक तथा विद्यार्थीहरुले मधेस प्याब्सन तथा अन्य शैक्षिक संस्थाहरुका सदस्य संस्थाहरु मार्फत बन्द विद्यालय तथा कालेज भाद्र २९ गते आइतबारदेखि सुचारु गरिनु पर्दछ भन्ने सुझावहरु आइरहेको हुदा यसलाई गम्भीरतापूर्वक लिई विद्यालय शान्तिपूर्ण वातावरणमा भाद्र २९ गते आइतबारदेखि संचालन गर्न गराउन सहयोग गरी दिनुहुन विशेष गरी जेन—जेड जनकपुरधाम तथा सबै सरोकारबालाहरुसँग हार्दिक आग्रह गरिएको व्योहोरा विज्ञप्तिमा उल्लेख छ ।

Press Release

Jpg File for Facebook