‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ (फोटो फिचर सहित) – Jaleshwortoday

‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ (फोटो फिचर सहित)

 October 11, 2025  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ असोज

‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेशका युवा–युवतीहरूले रैथाने वस्त्र प्रदर्शन गरेका छन्। छठ पर्वमा विशेष रुपमा सांस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपील गर्दै छठ घाटमा आफ्नो पारम्परिक वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपील गरेका हुन्।

अभियानका अगुवा मोहन महतो कोइरीका अनुसार पछिल्लो समय युवामाझ धोती–कुर्ताप्रति बढ्दै गएको वितृष्णा कम गर्न र यसलाई गर्वका साथ धारण गर्ने वातावरण सिर्जना गर्न अभियान आरम्भ गरिएको हो।

उनका अनुसार मिथिलाको परम्परागत वस्त्र केवल पहिरन नभई सम्पूर्ण सांस्कृतिक पहिचानको प्रतीक हो। युवायुवतीहरूले आफूहरूलाई मिथिलाको संस्कृति जोगाउने जिम्मेवारीसहित यो अभियानमा संलग्न गराएको बताए।

कार्यक्रमपछि सहभागीहरू मैथिली विकास कोषको भवनमा पुगेका थिए, जहाँ परम्परागत पहिरनको संरक्षण, यसको आकर्षक प्रवर्द्धनका उपाय र आगामी गतिविधिबारे छलफल गरिएको थियो।

 

558406375_122269370378204377_8054723190715677858_n