आरजे इर्शाद शेख
महोत्तरी, ८ कार्तिक
महोत्तरीको गौशाला नगरपालिका-५ स्थित गौशाला बजारमा एक व्यक्ति मृत फेलाका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका बसतपुर निवासी अन्दाजी ३० वर्षीय रामानन्द बैठा मृत भेटिएका हुन्।
उनले अधिक मादक पदार्थ सेवन गर्ने गरेको र केहि रोगका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी पाएको प्रहरीले जनाएको छ । यद्यपी, मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टले मृतक व्यक्ति फेला परेकोबारेमा आफन्तलाई जानकारी गराई सकिएको र आवश्यक कानूनी प्रक्रिया सुरु भएको बताए ।
