आरजे इर्शाद शेख
महोत्तरी, ८ मंंसिर
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ का सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय “वार्षिक समीक्षा गोष्ठी” कार्यक्रम प्रदेश केन्द्रमा सम्पन्न भएको छ।
प्रदेशका विभिन्न जिल्लामा कार्यान्वयन भएका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, सूचक प्रगति, उपलब्धि र चुनौतीको समग्र आधारमा गरिएको एकीकृत मूल्यांकनमा स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वर तेस्रो (३) स्थान प्राप्त गर्न सफल भएको छ।
स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहले जिल्लाभरका १५ वटै गाउँपालिका/नगरपालिका अन्तर्गतका सबै स्वास्थ्यकर्मी, सहयोगी संस्थाहरू तथा स्वास्थ्य कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई यो उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनका अनुसार सामूहिक प्रयास, समन्वय र स्वास्थ्य सेवा सुधारप्रतिको निरन्तर प्रतिबद्धताका कारण महोत्तरीले यस वर्ष उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको हो।
