आरजे इर्शाद शेख
धनुषा, ८ मंंसिर
आज बिहानै धनुषाको नक्टाझिझस्थित भएको कार दुर्घटनामा वृद्ध दम्पतिको ज्यान गएको छ ।
बिहान जनकपुर ढल्केवर सडकखण्डमा भएको सवारी दुर्घटनामा साईकलमा सवार मिथिला नगरपालिका १ लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो र महतोको पत्नी वर्ष ५५ को सुमित्रा देवीको घटनास्थलमै मृत्यू भएको थियो भने राजकुमारको उपचारको क्रममा मृत्यू भएको हो ।
जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको बागमति प्रदेश ०३१ च २०३६ नम्बरको तीव्र गतिमा रहेको कार जेव्रा क्रसिंग नजिक सडक छेउमा वृद्व दम्पतिलाई फिल्मी शैलीमा उडाएको थियो । सिसिटिभी फुटेजमा देखिए अनुसार, सिधै जाँदै गरेका कार साइडको लेनमा गएपछि दुर्घटना भएको देखिएको छ ।
दुवैजना शव अहिले पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।
