धनुषामा लोसपाको जिल्ला स्तरीय बैठक सम्पन्न – Jaleshwortoday

धनुषामा लोसपाको जिल्ला स्तरीय बैठक सम्पन्न

 December 15, 2025  
2

ओ पी साह
धनुषा, २९ मंसिर

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस्तारित बैठक आज सोमबार सम्पन्न भएको छ। पार्टीका जिल्ला अध्यक्ष जीवेन्द्र झा को अध्यक्षतामा बसेको बैठकमा संगठन सुदृढीकरण, वर्तमान राजनीतिक अवस्था, मधेस र पहिचानका मुद्दा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा आगामी निर्वाचनका लागि उमेदवार चयनबारे छलफल गरिएको छ।

बैठकमा जिल्ला पदाधिकारी, सदस्य र प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। केन्द्रीय महासचिव परमेश्वर साह प्रमुख अतिथि रूपमा उपस्थित रहेर पार्टीका लक्ष्य र रणनीति बारे मन्तव्य व्यक्त गर्नुभयो। बैठकले पार्टीलाई अझ जनमुखी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।