पवनकुमार साह
महोत्तरी, ५ पौष
मिडिया काउन्सिलको आयोजनामा बर्दिबासमा संचालित कार्यक्रममा प्रकाशक तथा सन्चारमाध्यमको वर्तमान अवस्था र चुनौतिबारे गहन छलफल गरिएको छ ।
कार्यक्रमको शुरुवात प्रमुख अतिथि सहित अतिथिहरुले विरुवामा पानी हालि भएको थियो । कार्यक्रमको पूर्वाधमा राष्ट्रिय गान तथा वीर शहिद प्रति एक मिनेटको मौन धारण समेत गरिएको थियो । महोत्तरी जिल्लाको पत्रकारिताको ऐतिहासिक कार्यपत्र वरिष्ठ पत्रकार राकेश प्रसाद चौधरी तथा धनुषा जिल्लाको कार्यपत्र वरिष्ठ पत्रकार उपेन्द्र भगत नागवंशीले प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य बोर्ड सदस्य रिंकु झाले प्रस्तुत गरेका थिए । त्यसैगरी ऐतिहासिक जानकारीकै सन्दर्भमा वरिष्ठ पत्रकार दशरथ भण्डारी तथा कमल साहले आफ्ना अनुभवहरु साझा गरेका थिए ।
प्रमुख अतिथि शारदा थापाले कार्यक्रमको सफलताको कामना गर्दै दिदीबहिनीहरु सूचनादेखि टाढा रहेकाले महिलाहरुलाई सजग बनाउन आग्रह गर्नु भएको थियो ।
पत्रकार महासंघ नेपालका महोत्तरी तथा धनुषा अध्यक्षहरु क्रमशः महेश दास तथा पुरन गुप्ताले मिडिया काउन्सिललाई वर्षभरीको कार्ययोजनाबारे जानकारी गराउन तथा समन्वयकर्ता वा सहआयोजक रुपमा पत्रकार महासंघ नेपाललाई समेत जोडन आग्रह गर्नु भएका थिए ।
कार्यक्रममा सहभागी प्रकाशक तथा प्रतिनिधिहरुलाई चार समूहमा बाँडी सबैबाट संचारमाध्यमको सबलिकरणको लागि सुझाव संकलन गरी प्रस्तुतिकरण तथा छलफल समेत गरिएको थियो ।
मिडिया काउन्सिलको अध्यक्ष यादवले सबैको प्रश्नहरुको जवाफ दिदै यसै वर्षबाट पत्रकार कल्याण कोषको स्थापना,अनुगमन गरिएका संचारगृहका राम्रो पत्रकारलाई पुरस्कार तथा रचनात्मक लेखन कार्यको प्रारम्भ गर्ने जानकारी गराउनुभयो । साथै अध्यक्ष यादवले प्रकाशकहरुबाट प्राप्त सुझावहरुलाई स्थानिय,प्रदेश तथा संघीय सरकारबाट कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय शारदा थापा,मिडिया काउन्सिलको अध्यक्ष सुरेश यादव,प्रमुख प्रशासकिय अधिकृत ओम बिक्रम कटुवाल,बोर्ड सदस्य रिंकु मिश्र,बन्दना झा,मनु कुमार,पत्रकार महासंघ महोत्तरीको अध्यक्ष महेश दास तथा धनुषा अध्यक्ष पुरन गुप्ता,प्रदेश पत्रकार महासंघको सचिव शैलेन्द्र क्रान्ति,बरिष्ठ पत्रकार दशरथ भण्डारी,कमल साह,अर्जुन क्षेत्रि,उपेन्द्र भगत नागवंशी,जलेश्वर टुडे दैनिक र अनलाइनको संचालक तथा सम्पादक पवन कुमार साह लगायत विभिन्न संचारगृहका प्रकाशक तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
