" >
पिपरामा महान शहीद रामनारायण मिश्रको ५८औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न - Jaleshwortoday

पिपरामा महान शहीद रामनारायण मिश्रको ५८औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

 ६ पुष २०८२, आईतवार २२:५४  
1

आरजे इर्शाद शेख
महोत्तरी, ६ पुस

प्रजातन्त्रका मसीहा तथा वि.सं. २०७५ सालको प्रथम जननिर्वाचित सरकारका उद्योग मन्त्री, महान शहीद राम नारायण मिश्रको ५८औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
पूर्व सांसद रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादवको अध्यक्षतामा आयोजना गरिएको थियो।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख हरि शंकर मिश्र,जसपा नेपाल नेता राम कुमार शर्मा विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले शहीद मिश्रज्यूले प्रजातन्त्र स्थापना र सामाजिक परिवर्तनका लागि पुर्‍याउनुभएको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम श्रद्धाञ्जली अर्पण तथा शहीदप्रति सम्मान व्यक्त गर्दै सुसम्पन्न भएको आयोजकले जनाएको छ।