मनरासिस्वा नगरपालिकाको जनप्रतिनिधि तथा नापी कार्यालयको कारण स्थानिय लालपुर्जा पाउनबाट बन्चित – Jaleshwortoday

मनरासिस्वा नगरपालिकाको जनप्रतिनिधि तथा नापी कार्यालयको कारण स्थानिय लालपुर्जा पाउनबाट बन्चित

 December 23, 2025  
1

आरजे इर्शाद शेख
महोत्तरी, ८ पुस

मनरासिस्वा नगरपालिकाको जनप्रतिनिधि तथा नापी कार्यालयको लापरवाहीको कारण सिंगै वडाको स्थानिय लालपुर्जा पाउनबाट बन्चित हुने भएका छन ।
मनरा सिस्वा नगरपालिका वडा नं. १० का ६० घरधुरी वसोवास गर्ने स्थानियको जनप्रतिनिधि र नापी कार्यालयका कर्मचारीहरुको लापरवाहीको कारण नाप नक्सा नहुँदा उनीहरु लालपुर्जा पाउनबाट बन्चित भएका हुन ।

2

नगरपालिकाको वडा अध्यक्ष अरुण चौधरीले मनोमानी गर्दै ६० घर विन(मल्लाह) समूदायको जग्गा नापी गर्न समन्वय नगरेको नापी कार्यालयको कर्मचारीले समेत सिंगै समुदायको घर जग्गा नाप नक्सा नगरिदिँदा हामी स्थानिय लालपुर्जा पाउन बाट बन्चित भएको स्थानिय रवि शंकर चौधरीले बताएको छ ।
मनरा सिस्वा नगरपालका १० कि रेवती देवीले चार पुस्ता देखि वसोवास गर्दै आएको र तीन पटक सम्म नापी टोलि आएर फर्के पनि आफनो जग्गा नापी नभएकोले समस्यामा परेको सुनाएकी छिन ।
वडा अध्यक्षले जानी जानि छानेर हामी गरिवको नाप नक्सा गर्न नदिएको पानो देवीले बताइन ।

पाँच छ वर्ष पहिले नै नापी भई सकेको छ । पहिलो नापीमा उनीहरुको नाम छुटेको छ त्यति वेलै ध्यान दिएको भए समस्या समाधान हुने थियो । समस्या समाधान गर्न हामी प्रयास रत रहेको नापी कार्यालय प्रमुख विनय कुमार सिंहले बताएको छ ।

यसैबीच नाप नक्सा नहुँदा लालपुर्जा पाउनबाट बन्चित भएको मनरा सिस्वा नगरपालिका १० का स्थानियहरुले मंगलबार नापी कार्यालय घेराउ गरेका छन ।
स्थानियको कार्यालय घेराउका कारण दुई घण्टा सम्म कार्यालयकोे कामकाज ठप्प हुन पुगेको थियो ।