जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ पुस
सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषध नियन्त्रण, नियमन तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम पिपरा गाउँपालिकामा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा स्वास्थ्य कार्यालय महोत्तरीको संयुक्त आयोजनामा मिति २०८२/०९/११ गते पिपरा गाउँपालिका अन्तर्गतकोपिपरा जनता अस्पतालको सभा हलमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषधको दुरुपयोगले सामुदायमा, विशेषगरी युवापुस्तामा गम्भीर असर पारेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि पिपरा गाउँपालिका, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले युवालाई सचेत बनाउने तथा रोकथाम सम्बन्धी कार्यक्रम गत वर्ष समेत इलाका प्रहरी कार्यालय सहोडवा मार्फत सबै सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको र यस वर्ष पनि यस्ता दुर्व्यसनलाई न्यूनीकरणका लागि प्राथमिक्ता दिनुपर्नेमा जोड दिए।
उक्त अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले लागूऔषध नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र समुदायको भूमिकाबारे जानकारी गराए। त्यस्तै पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार मिश्रले गाउँपालिकाको तर्फबाट नियन्त्रण तथा न्यूनीकरणका लागि गरिएका प्रयासबारे प्रकाश पारेका थिए।
कार्यक्रममा वडा अध्यक्ष किशोरी अधिकारी, संजीत यादव, मधुबेन्द्र झा, बिदेही पासवान, राजेश कुमार दास, हरि शंकर प्रसाद यादव, अरुण पुर्बे लगायतले लागूऔषध समस्याका स्थानीय अवस्था र समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय क्याम्पस, जनकपुरका डीन डा. सुदीप कुमार यादवले सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषधको स्वास्थ्य तथा सामाजिक प्रभावबारे प्रस्तुति दिएका थिए। साथै स्वास्थ्य निर्देशनालय सपहीका प्रशिक्षक डा. विपिन पाण्डेयले लागूऔषधको प्रकार, पहिचान र रोकथाम तथा एन कानूनका बारे प्रशिक्षणात्मक जानकारी दिएका थिए।
त्यसैगरी पिपरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र रायले सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषधको नियन्त्रण घर, टोल समुदाय, विद्यालय तथा स्वास्थ्य संस्था र जनप्रतिनिधिका स्तरबाट समेत न्यूनीकरणका लागि प्रयास गर्नुपर्ने विषयमा जोड दिनुपर्ने सम्बन्धी आफ्ना धारणा राखेका थिए उक्त कार्यक्रममा पिपराजनता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोष यादव, स्वास्थ्य शाखा उपप्रमुख रंधिर यादव, स्वास्थ्य कार्यालय महोत्तरीका रामनाथ साह, अशोक कुमार यादव लगायत सबै स्वास्थ्य चौकीका प्रमुखहरु तथा प्रहरी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
