मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका छात्रावासी विद्यार्थीलाई कम्बल वितरण – Jaleshwortoday

मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका छात्रावासी विद्यार्थीलाई कम्बल वितरण

 December 31, 2025  
3

मो.इर्शाद शेख
महोत्तरी, १६ पुस

मटिहानी नगरपालिका–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको छात्रावासमा बसोबास गर्दै आएका विद्यार्थीहरूलाई आज बिहान कम्बल वितरण गरिएको छ। अत्यधिक जाडो बढेसँगै राहत पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त राहत सामग्री वितरण गरेको हो।

कार्यक्रमको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख मंडलले जाडो मौसममा छात्रावासमा बसोबास गर्दै आएका विद्यार्थीहरूको न्यानो राख्नका लागि कम्बल वितरण गर्नु भएको विश्वास व्यक्त गर्नुभयो।

याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णले मटिहानी नगरपालिका र नगर प्रमुखको यस सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, “यस प्रकारको सहयोगले विद्यार्थिहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ,” भन्नुभयो।

नगरपालिकाका अनुसार, छात्रावासमा बस्ने १८ जना विद्यार्थीलाई कम्बल वितरण गरिएको हो। कार्यक्रमका दौरान वडा नं. ६ का वडा अध्यक्ष कलीम अंसारी र वडा नं. ७ का वडा अध्यक्ष जीतनारायन माझी पनि उपस्थित थिए। यस कार्यक्रमको सफलतामा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समेत योगदान रहेको थियो

यस पहलले विद्यार्थीहरूको भलाइका लागि नगरपालिका र विद्यालयको सामूहिक प्रयासलाई उजागर गरेको छ।