शितलहरको कहरदेखि टाँढिदै सरोकारबाला – Jaleshwortoday

शितलहरको कहरदेखि टाँढिदै सरोकारबाला

 January 3, 2026  

मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा केहि हप्तादेखि देखिएको शितलहरको कहरदेखि विभिन्न सरोकारबालाहरु टाँढिदै गएको देखिन्छ ।
मधेस प्रदेश सरकार समेत अहिले शितलहरबाट जनतालाई बचाउनको लागि कुनै पनि तयारी गरेको देखिदैन । न्यानो कपडा लगायतका आवश्यक सामाग्रीहरु वितरण कार्यमा गैरजिम्मेबार देखिन्छन् । मात्रै विद्यालय बन्द गरेर असह्य जाडोबाट बच्न सकिदैन । यता विद्यालय बन्द हुन्छ तर ती बन्द विद्यालयका विद्यार्थीहरु अभिभावकहरुका नियन्त्रण भन्दा बाहिर गई बाह्र विघाको खेल मैदान लगायतका ठाउँहरुमा देखिन्छन् । के ती विद्यार्थीहरु त्यहाँ सुरक्षित हुन्छन् त ? पक्कै पनि होइन । त्यसकारण ठोस रुपमा जाडोबाट बच्न बचाउनको लागि मधेस प्रदेशको शिक्षा मन्त्रालयबाट हिटर,न्यानो कपडा,जुत्ता लगायतका सामाग्रीहरु वितरण गर्नु पर्दछ ताकी यस्ता स्रोत साधन नभएका विद्यार्थीहरु तथा विद्यालयहरु विद्यार्थीहरुलाई सुरक्षित साथ पठ्नपाठ्न गराउन सकोस् । अन्य सम्बन्धीत मन्त्रालय तथा सरोकारबालाहरु समेत संवेदनशील भई दलित तथा गरिवलाई सहयोग गर्न जरुरी छ ।