जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ माघ
बलवा नगरपालिकाको नगर प्रमुख राम विजय महतोले बिहिबार एक कार्यक्रम वीच बलवा नगरपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नु भएको छ । नयाँ भवनको उद्घाटन नगर प्रमुख राम विजय महतोले रिवन काटी गर्नु भएको थियो ।
बलवा नगरपालिका वडा नं.— ५ बलवामा अवस्थित नयाँ प्रशासनिक भवनबाट दैनिक काम गर्न सहज हुने तथा स्थानिय पालिकाबासी राम्ररी लाभ लिन सक्ने नगर प्रमुख महतोले बताउनु भयो ।
सो कार्यक्रममा मनरासिस्वा नगरपालिकाको नगर प्रमुख मोहन पाण्डेय,महोत्तरी जिल्ला अदालतको प्रमुख न्यायाधीस,बलवा नगर उपप्रमुख राम दुलारी ठाकुर,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्षहरु,सदस्यहरु,स्थानिय समाजसेवी,बुद्धिजिवी,पत्रकार तथा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

