" >
ज्ञान गंगाले मनाए शहिद दिवस - Jaleshwortoday

ज्ञान गंगाले मनाए शहिद दिवस

 १८ माघ २०८२, शनिबार ००:१४  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १६ माघ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज वीर शहिदहरुको संझनामा शहिद दिवस मनाएको छ ।
जनकपुरधामको मुरली चौक र कुवामा अवस्थित यस विद्यालयको सेनियर तथा जुनियर विग्समा शहिद दिवस मनाइएको छ । कार्यक्रममा वीर शहिदको प्रतिमा माथि फुल,माला तथा अबिर चढाइएको थियो भने अगरवति देखाई वहाँहरुको पुजा समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत तथा श्रद्धाञ्जलि मन्तब्य यसै विद्यालयको सामाजिक शिक्षा पढाउने वरिष्ठ शिक्षक विवेकानन्द झाले राख्नु भएको थियो । वहाँले वीर शहिदहरु लखन थापा,दुर्गानन्द झा,रमेश महतो लगायत ज्ञात तथा अज्ञात शहिदहरुको उच्च प्रशंसा गर्नु भएको थियो । त्यसै गरी विशिष्ट अतिथि मधेस प्रदेशको केन्द्रीय कोषाध्यक्ष रामचन्द्र पण्डीतले विद्यालय परिवार तथा मधेस प्याब्सनको उच्च प्रशंसा गर्दै सबै शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । विशिष्ट अतिथि मधेस प्याब्सनको धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले शहिद दिवसको दिन बिदा नदिएर यो दिवस विद्यालयमा कार्यक्रम गरी मनाउन जोड दिनुभयो । त्यसैगरी प्रमुख अतिथि मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाले सबै शहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै अब कसैलाई बलिदानी दिन नपरोस तथा देशमा सुशासन कायम होस भन्ने कामना गर्नु भयो । विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले वीर शहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नु का साथै अतिथिहरुलाई गमछा ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा समाजसेवी तथा ज्येष्ठ नागरिक चन्द्रशेखर प्रसाद जेसवालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक,शिक्षिका,विद्यार्थी, सुरक्षाकर्मी,पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन वरिष्ठ शिक्षक सरोज झाले गर्नु भएको थियो ।