जीवनराज दाहाल
बर्दिबास, १६ माघ
बर्दिवासमा पदम शम्सेर खड्का स्मृति प्रतिष्ठानले शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस वर्ष प्रतिष्ठानले पहिलो र दोस्रो चरणको परीक्षा उत्तीर्ण २४ जना विद्यार्थीलाई बैंक चेकमार्फत छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रम कुमार घिमिरेले सञ्चालन गरेका थिए । प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिका शिक्षा शाखाका प्रमुख रेवती पराजुली र प्रतिष्ठानका सदस्य दीपक बराल उपस्थित थिए । पत्रकारहरू गोपाल बराल, विशाल बराल, डा. अजय साह, आशा तोलाङे र जीवनराजले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
अध्यक्ष बिष्णु खड्काले आफ्नो विगतको संघर्ष र पारिवारिक प्रेरणाबाट प्रतिष्ठान स्थापना भएको कथा सुनाउँदै विद्यार्थीहरूलाई मार्गदर्शन गरे । उनले घर–घर पुगेर वास्तविक आर्थिक र शैक्षिक अवस्था बुझेर मात्र छात्रवृत्ति वितरण हुने र पारदर्शिता कायम राखिने जानकारी गराए ।
हालसम्म ५७ जना विद्यार्थीले लाभ लिइसकेका छन् भने यस वर्ष थप २४ जना नयाँ विद्यार्थी समावेश भएका छन् । यसै अवसरमा आर्थिक अवस्था कमजोर विद्यार्थी मात्र नभई उत्कृष्ट नतिजा ल्याएका दुई विद्यार्थीलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो । अध्यक्ष खड्काले विद्यार्थीहरूलाई अनुशासन र पढाइमा गम्भीर रहन तथा छात्रवृत्तिको सदुपयोग गर्न अनुरोध गरे ।
प्रतिष्ठानले भविष्यमा पनि जेहेनदार विद्यार्थीको सहयोगमा तत्पर रहेको र आगामी छात्रवृत्ति वितरणका लागि विद्यालयको मार्कसिटको आधारमा मात्रै थप लगानी हुने जानकारी अध्यक्ष खड्काले दिएका थिए ।
बर्दिवासस्थित विनायक व्याङ्कुट, सिन्धुली रोडमा आयोजना गरिएको यो कार्यक्रम विद्यार्थी र अभिभावक दुवैका लागि उत्साहजनक रह्यो ।
