लगानीकर्ताका लागि सीमावर्ती पर्यटनको सुनौलो अवसर
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ माघ

मधेस प्रदेशको पर्यटन परिदृश्य नै बदल्ने लक्ष्यका साथ
महोत्तरीको जलेश्वर नगरपालिका–प्रकौलीमा अत्याधुनिक पाँचतारे होटल ‘
साँग्रिला प्रिमियर रिसोर्ट एण्ड क्यासिनो ’ निर्माण हुने भएको छ। सत्या
ग्रुपको मुख्य लगानीमा सुरु हुन लागेको यस महत्वाकांक्षी परियोजनाको
औपचारिक घोषणा समूहका प्रबन्ध निर्देशक धर्म मण्डलले गर्नुभएको हो। करिब
१२० करोड रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको यो परियोजनालाई
सीमावर्ती पर्यटनको ‘गेम–चेन्जर’का रूपमा हेरिएको छ। नेपाल–भारत सीमा
भिठ्ठामोड नजिकको रणनीतिक स्थान, बढ्दो भारतीय पर्यटकको आवागमन र मधेस क्षेत्रमा उच्चस्तरीय होटल तथा मनोरञ्जन संरचनाको अभावलाई अवसरका रूपमा लिँदै यो परियोजना अघि बढाइएको हो। यही कारण यो रिसोर्टले शुरु देखि नै व्यवसायिक घराना र निजी लगानीकर्ताहरूको ध्यान तान्न थालेको छ।
लगानी संरचना अनुसार कुल लागतको करिब ७० प्रतिशत बैंक कर्जाबाट र ३० प्रतिशतस्व–पुँजी (Equity) मार्फत व्यवस्थापन गरिनेछ, जसले सह-लगानी वा रणनीतिक साझेदारीका लागि समेत ढोका खोल्ने देखिन्छ। यस रिसोर्टमा ७५ वटा
अन्तर्राष्ट्रिय मापदण्डका लक्जरी कोठा, विदेशी पर्यटकलाई लक्षित
अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, भव्य विवाह तथा कर्पोरेट सम्मेलनका लागि
अत्याधुनिक ब्याङ्क्वेट हल र प्रिमियम क्लब सञ्चालन गरिनेछ। परियोजना
सम्पन्न भए पछि करिब २०० भन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान
हुने अपेक्षा गरिएको छ, जसले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय प्रभाव
पार्नेछ।
परियोजना बारे जानकारी दिँदै सत्य ग्रुपका प्रबन्ध निर्देशक धर्म मण्डलले
जलेश्वर र आसपासको क्षेत्रलाई सीमावर्ती पर्यटन तथा मनोरञ्जनको प्रमुख
केन्द्र बनाउने दीर्घकालीन योजना रहेको बताउनु भयो। उहाँका अनुसार यो
रिसोर्ट केवल होटल मात्र नभई उच्चस्तरीय सेवा, मनोरञ्जन र व्यवसायिक
सम्भावनाको समग्र केन्द्र हुनेछ, जसले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने
विश्वास गरिएको छ। गुणस्तर र व्यवस्थापनमा कुनै सम्झौता नगरी परियोजना अघि बढाइने उहाँको भनाइ छ। निर्माण कार्य चाँडै सुरु गरी आगामी तीन वर्ष भित्र
सञ्चालनमा ल्याउने लक्ष्य लिइएको यस रिसोर्टले धार्मिक पर्यटन, क्यासिनो
पर्यटन र इभेन्ट–आधारित आम्दानीलाई एकसाथ जोड्नेछ। यसबाट जलेश्वर मात्र नभई सम्पूर्ण महोत्तरी र मधेस प्रदेशको पर्यटन प्रवर्द्धन, सेवा क्षेत्रको
विस्तार र आर्थिक गतिविधिमा बहुगुणक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
समग्रमा, ‘ साँग्रिला प्रिमियर रिसोर्ट एण्ड क्यासिनो ’ जलेश्वरको नयाँ
पहिचान बन्ने तयारीमा छ। भविष्यको ठूलो सम्भावना बोकेको यो परियोजनाले आज नै सही निर्णय गर्ने लगानीकर्ताका लागि दीर्घकालीन र उच्च प्रतिफल दिने
अवसरका रूपमा आफूलाई स्थापित गरिरहेको छ।
