आगामी निर्वाचनमा मतदाताले हल्लाको पछाडी नलागि कार्ययोजनालाई प्राथमिकता दिन आवश्यक रहेको देखिन्छ । सरकारी तथ्यांकले देखाएको यथार्थ र अघिल्ला घोषणापत्रको मूल्यांकन गर्दा, कृषि क्षेत्रको दिगो सुधारका लागि सुधारोन्मुख, व्यावहारिक र कार्यान्वयनयोग्य नीति आवश्यक रहेको देखिन्छ । त्यसो त प्रजातान्त्रिक धार बोक्ने दलको नीतिसमेत पूर्ण नभए पनि अन्य दलको तुलनात्मक फरक देखिन्छ । कृषि नीति केवल राजनीतिक नारा होइन; यो राष्ट्रिय अर्थतन्त्रको आधार, किसानको जीवनस्तर र युवा रोजगारीको सुनिश्चितता छ । आगामी निर्वाचनले मात्र होइन, कार्यान्वयनले नै वास्तविक परिवर्तन ल्याउने देखिन्छ । नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको देखिन्छ । कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दो देखिन्छ । संरचनागत सुधार आवश्यक रहेको देखिन्छ । विगतमा जस्तै निर्वाचन नेपाली जनताको घरआँगनमा आइसकेको देखिन्छ । विगत कोट्ट्याउँदा राजनीतिक दलका वाचा अधुरा रहेका देखिन्छ । सिँचाइ, भण्डारण, बजार व्यवस्थापन अभाव रहेको देखिन्छ । त्यसैले दलहरूको सोच व्यावहारिक देखिनु अहिलेको आवश्यकता रहेको देखिन्छ । नयाँले परिवर्तन खोज्न जरुरी छ र पुरानाले पनि गल्तीहरु दोहोर्याउनु भएन ।
