राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात रास्वपाको अस्तित्वको खतरा बढेको देखिन्छ । रास्वपाबाट प्रतिनिधि सभाको चुनावबाट निर्वाचित साँसदहरु वीच असन्तुष्टि चुलिएको देखिन्छ । उनीहरुले आफूहरु जनताको काम गर्न प्रतिनिधि सभा सम्म आइपुगेको तर यहाँ आफूहरु मन्त्रीहरुसँग नभेट्न पाउने र नत आफ्ना क्षेत्रका समस्याहरु नै राख्न नपाएपछि एउटा साँसदले अर्का साँसदलाई पार्टीभित्रको अप्रजातान्त्रिक तथा तानाशाह रबैयालाई हेरेर चिन्तित भएको देखिन्छ । अहिले देश भरीकै रास्वपाका विभिन्न नेता तथा कार्यकर्ताहरु जनताको आक्रोस खेप्न नसकेको अवस्था सिर्जना भएको देखिन्छ । किनभने संघीय सरकारले गरेको लगातारको मात्र निर्णयले सर्वसाधारण आजित भएका छन् भने समाधान नदिने यो तानाशाह तथा दूरदृष्टिबिहिन सरकारको कडा आलोचना समेत गर्न बाध्य भएका छन् सर्वसाधारण जनताहरु । अहिले ठाउँ—ठाउँमा रास्वपाको स्थानिय चुनावको सन्दर्भमा समेत विभिन्न नकारात्मक टिप्पणी हुन थालेका छन् । किनभने सरकारले अहिलेसम्म कुनै पनि जनतामूखि राहत योजना नल्याई खाईपाई आइरहेको सरल तथा सहज सुविधा विभिन्न बहानामा खोसिन पुग्दा सर्वसाधारणदेखि मधेस केन्द्रीत मधेसी दलका शिर्ष नेताहरु समेत प्रधानमन्त्री बालेन्द्र साहको सरकारप्रति गहिरो आक्रोस पोखेका छन् । रास्वपाले चयन गरेका केहि नेताहरु तथा प्रतिनिधि सभा सदस्यहरु समेत गैरकानूनी कार्यमा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भई सकेको कारण जनताको रास्वपा प्रतिको रहेको विश्वास केहि दिनमै टुटेको बुझिएकोछ । नेपालका नीजि क्षेत्रमा लगानी गरेर काम गर्ने विभिन्न सरोकारबाला संस्थाहरुलाई समेत अनुकुलता प्रदान नगरी उनीहरुको अस्तित्व नै समाप्त हुने काम गरिएकोले रास्वपाको अस्तित्व खतरामा रहेको देखिन्छ । रास्वपाले आफ्नो अस्तित्व जोगाउनको लागि जनतामूखि कार्यक्रमहरु तथा निर्णयहरु गर्न जरुरी देखिन्छ ।
