जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ असार
समुदायस्तरबाट क्षयरोग (टिबी) नियन्त्रण तथा न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले २०८३ असार २९ गते जलेश्वर नगरपालिका–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र मा टिबी च्याम्पियन क्लब गठन गरिएको छ।समुदायमा रहेका क्षयरोगको बिरामीको पहिचान, परीक्षण, उपचारमा पहुँच विस्तार तथा सामाजिक लाञ्छना न्यूनीकरणमा क्लबले महत्वपूर्ण भूमिकामा क्लबले खेल्ने विश्वास गरिएको छ। त्यसका लागि जनचेतना अभिवृद्धि, सम्भावित बिरामीको समयमै पहिचान तथा उपचारमा सहजीकरण गर्न महत्वपूर्ण कार्य गर्नु पर्नेछ। सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य अनुरुप विभिन्न गतिविधिहरू समूदाय गर्ने अध्यक्ष चौधरीले बताएका छन्।
