पहाडी तन्त्रकै ईसारामा प्रदेश २ को नाम “मधेश प्रदेश” – Jaleshwortoday

पहाडी तन्त्रकै ईसारामा प्रदेश २ को नाम “मधेश प्रदेश”

 January 18, 2022  

 

माननिय प्रदेश सभा सदस्य ज्यूहरु, प्रदेश२ को राजधानी “जनकपुर” तथा प्रदेश २ को नाम “मधेश प्रदेश” बहुमतले पारित गरिएको मा याहाहरुलाई हार्दिक बधाई । मा. प्रदेश सभाका सदस्य ज्यूहरु, याहाँहरुका यो योगदान अविष्मर्णिए हुनेछन् । आज यस प्रदेश सभाबाट गरिएको घोषणाको कारण यो प्रदेशले आफ्नो वास्तविक पहिचान पाउने भो ।

तर विर्सन नहुने कुरा ! हजुरहरु को यो योगदान पहाडी तन्त्रले जे सोचेको, जे गर्न चाहेको, जे खोजेको तथा जे रोजेको थियो त्यै जस्तो नै देखिएको हो । ती शासक वर्गले यस प्रदेशका नाम “मधेश प्रदेश” नै होस भन्ने चाहेकै थियो । यस प्रदेशको नाम मधेश प्रदेश होस भन्ने निर्णय गरिसके कै थिए केवल यहाँहरुबाट घोषणा गराउन बाकी थियो । जुन आज यो पनि पुरा भयो ।

हाम्र माननिय प्रदेश सभाका सदस्य ज्यूहरु हामी बहुमतले पाएको यो प्रदेशको नाम “मधेश प्रदेश” बाट हामी मधेशी भएको मा असाध्यै गौर्वान्वित अनुभुती गर्ने छौँ । यस अघी नेपाल सरकारले जिल्ला अधिकारीबाट हामीलाई मधेशी भएको प्रमाण दिएकै थियो । यसर्थ हाम्रा गौरवको सिमा अझै बढने नै भो । हामी “ईमोशनली” र “पोलिटिकली” मधेशी भएको पायौँ तर एउटा प्रश्न फेरी सोधन मन लागयो , के मधेश प्रदेश का जनताले मत्रै आफुलाई मधेशी भन्न पाए कि मधेशी भएका अरु प्रदेशका जनताले पनि ? सर, अरु प्रदेशमा भएका मधेशीहरु त  मधेशी छन नै तर उनीहरु मधेश प्रदेशका छैनन भनिएमा उनीहरुका “ईमोशन” बाट खेलबार हुदैन र सर ?

नेपालका पूर्व देखी पश्चिम सम्म फैलएका मधेशमा बसोवास गर्नेहरु आफुलाई मधेशी भएकोमा गर्व गर्थे तर आज आएर यो देखिएन सर, कि मधेश केवल २ नम्बर प्रदेशमा (मधेश प्रदेशमा) सिमट्न पुगयो । मधेशका परिभाषा केवल मधेश प्रदेश हुन पुग्यो । माननिय सभा सदस्य ज्यूहरु मधेशी जनताहरु मधेशसँग “ईमोशनली” यति जुडेका थिए कि विभिन्न आन्दोलनहरुमा आफ्ना अधीकारका लागि आफ्ना प्राणका आहुती दिए । के ति सहिदहरु केवल प्रदेश २ कै थिए ? माननिय ज्यूहरु अब ती मधेश नै रहेन भने केको अधिकार हुनेछन ?

मधेश प्रदेशको नाम मा अहिले ता खुशी नै लाग्ला तरा पछि खेद गर्ने मौका न आईदियोस, सम्पूर्ण मधेशी जनतामा जय मधेश ……….