मुुख्यमन्त्रीले मधेसबादलाई प्रोत्साहित गर्न जरुरी – Jaleshwortoday

मुुख्यमन्त्रीले मधेसबादलाई प्रोत्साहित गर्न जरुरी

 January 26, 2022  
Education

अहिले भर्खरै प्र्रदेश सभाको माघ ३ गते निर्वाचन प्रणाली तथा दुई तिहाई बहुुमतबाट प्रदेश नं.—२ को नामाकरण मधेस प्रदेश गरिएको सर्बबिदितै छ । अहिले विभिन्न मधेसबादी दलहरुमा लोसपा तथा जसपाले प्रस्ताव गरेको प्रदेशको नाम मधेस राख्न आतुर देखिए पनि मधेसको पिता स्व. गजेन्द्र नारायण सिंहलाई जानी—जानी बिर्सेको भान भएको छ नेपाल सद्भावना पार्टी तथा अन्य वहाँ प्रति आस्था राख्ने नेपाली जनता तथा बुद्धिजिवीलाई । अहिले मधेस प्रदेशको मुख्यमन्त्री राउत जसपाको अनुुयायि भए पनि वहाँले आफूलाई मधेसबादी नेता सावित गर्नबाट चुक्नु भएको देखिन्छ । नेसपाले स्व.गजेन्द्र बाबुुको २१ औं स्मृति दिवसलाई गजेन्द्र दिवस तथा माघ १० गते मधेस प्रदेशमा सार्वजनिक बिदा दिन ज्ञापन पत्र बुुझाए पनि सच्चा वीरलाई सम्मान दिन नसक्नु क्रुर शासकको परिचय दिनुभएको छ जुन वहाँको मधेसको राजनीतिलाई समेत कमजोर पार्ने पक्का देखिन्छ । २०६३ को मधेसी आन्दोलन र त्यसको क्रममा सहादत प्राप्त गरेका विभिन्न मधेसी वीर शहिदले आफ्नो सर्वस्व बलिदान गरे पनि अहिले सम्म काखापाखा तथा असन्तुलित सरकार चलाउनु लज्जास्पद समेत देखिन्छ । विभिन्न सामान्य बिदाहरु दिने तर संबेदनशील बिदा माँगे पनि नदिनु गैरमधेसी सरकारको आचरण देखाएको मधेसी जनतालाई लागेको छ । त्यसकारण मुख्यमन्त्री राउतले मधेसको जनताको पनि आकाँक्षा बुझ्न जरुरी छ ।