नवरात्रि ः महत्व र पूजा विधी - Jaleshwortoday

What are the cryptocurrency casino odds in roulette

  1. Bingo 1 To 90: The slot offers four sets of free-spin rounds with multipliers and stacked symbols through the bonus pick option.
  2. Slots Top Online Casino - Choose the half option to decrease how much you wager per gamble.
  3. Free No Deposit Casino Bonus Codes Uk Welcome: Tablets like the iPad and Galaxy Tab, both standard size and mini, are compatible as well.

Free online crypto casino games 777

No Deposit Signup Bonus Casino
Game Selection - The selection of games that are featured on a mobile app is as important as the banking methods.
Go Jackpot Casino Bonus Codes 2025
Eleven is pushed way beyond her power limits, so it will take everything out of her to use them again, causing more nosebleeds.
Land three with two coins and youll win 1600, land three with a single coin and youll receive a still-impressive 800.

Fishing bob slot machine bobber bonus

Blackjack Winning Tips New Zealand
However, before creating an account, read the project rules.
Best Barcrest Online Casinos
As millions of players are now playing online casino games on their mobile devices, most online casinos, including Cyber.Bet are now making mobile gaming a top priority.
Black Chip Poker Casino No Deposit Bonus 100 Free Spins

नवरात्रि ः महत्व र पूजा विधी

 १ कार्तिक २०७७, शनिबार १७:३१  
Durga

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० आश्विन

आजबाट नवरात्रि सुरु भएको छ । नवरात्रि पर्व स्त्री प्रकृति अर्थात देवीमा समर्पित छ । । दुर्गा, लक्ष्मी र सरस्वती स्त्रैण वा स्त्री प्रकृतिका तीनवटा आयमहरुको प्रतिक हुन् । नवरात्रिका क्रममा हरेक दिन यी देवीका अलग अलग नौ रुपको पूजाआजा गरिन्छ । यी देवीहरु हुन्( शैलीपुत्री, व्रम्हाचारणी, चन्द्रघण्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी देवीहरुलाई नवदुर्गाको नामले पुकारिन्छ । नवदुर्गा देवीलाई पञ्चबलि दिई आफ्नो भाकल पुरा गर्ने परम्परा छ । नवरात्रिका माछामासु, मदिरा खान एवं शारीरिक सम्बन्ध बनाउन नहुने धार्मिक मान्यता छ । दुर्गा भवानीले काम, क्रोध, माया, मोह, माद, लोभ, अहंकार भन्दा परको मोक्षमय अनि दैविक ज्ञानको प्रतिनिधित्व गर्छिन् ।
नवरात्रिमा कलस स्थापनाका लागि के गर्ने ?
–माटोको कलश बनाउने ।
–सात किसिमको अन्न ।
–पवित्र माटो
–पानी ।
–पान र सुपारी
–जटा नरिवल
–अक्षता
–रातो कपडा
–फूल र शृंगारको सामाग्री
–आँपको पत्ता
घटस्थापना विध
शरदीय नवरात्रिको पहिलो दिन अर्थात प्रतिपदा तिथिमा बिहान शुभ मुहूर्तलाई ध्यानमा राखेर घरको उत्तर पूर्व दिशामा कलश स्थापनाका लागि उपयुक्त हुन्छ । यसका लागि घरको उत्तर पूर्वी स्थान राम्ररी सरसफाई गर्नुपर्छ । घटस्थापना गर्ने स्थानमा शुद्ध जलले सफा गरेर त्यसमा सफा माटो विच्छ्याउनुपर्छ । त्यसमाथि कलस स्थापना गर्नुपर्छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
कलशमा पानी भर्नुपर्छ र त्यसमा एउटा सिक्का राख्नुपर्छ । कलशमा पवित्र स्थानको जल मिलाउनुपर्छ । । एउटा कचौरामा जौ भर्नुपर्छ । त्यसमाथि नरिवल राखेर रातो कपडाले लपेट्नुपर्छ ।
नवरात्रिको पहिलो दिन घटस्थापना गरिन्छ, जसलाई कलश स्थापना पनि भनिन्छ । पहिलो दिन घटस्थापनाको विशेष महत्व हुन्छ । प्रतिपदा तिथिमा कलश स्थापनाका साथै नौ दिनसम्म चल्ने नवरात्रिको पर्व आरम्भ हुन्छ । पहिलो दिन विधी विधानसहित घटस्थापना गरेर भगवान गणेशको वन्दनाका साथसाथै माताको पहिलो स्वरुप शैलीपुत्रीको पूजा, आरती, भजन गरिन्छ
उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्छ । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्छ । यस क्रममा सम्भव भएसम्म अखण्ड दिप बाल्नुपर्छ ।
जमरा ः उमार्ने विधी, धार्मिक महत्व र स्वास्थ्य लाभ
विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका छन् ।
जमराको महत्व
दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू)का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।
कसरी उमार्ने ?
जौको जमरा उमार्नका लागि शुद्ध एवं अग्र्यानिक बिजको प्रयोग गर्ने । सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने । अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ । एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुपर्छ । सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ । गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।
कति उपयोगी ?
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधिय गुण पनि हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने बस्तुको रुपमा लिइएको छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिन्छ ।
जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।
गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।
चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता समस्यामा सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा गर्छ । जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ ।
जमराको जुस
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?
१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।
कति पिउने ?
(यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।
सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
(एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।