दशैं तिहारलाई लक्षित गरी महोत्तरीमा विशेष टोलि परिचालन – Jaleshwortoday

दशैं तिहारलाई लक्षित गरी महोत्तरीमा विशेष टोलि परिचालन

 October 17, 2020  
Police

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ कार्तिक

दशैं तिहारलाई लक्षित गरी महोत्तरी प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । अप्रिय घटना हुन नदिन तथा सुरक्षा व्यवस्थात चुस्त राख्न शनिबारदेखि छठ पर्व नहुन्जेलसम्मको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिशेष सुरक्षा योजना लागु गरेको हो । जिल्लाभर पिकेट, गाडी मोबाईल, मोटरसाईकल गस्ती, पैदल गस्ती, राजमार्ग गस्ती, घुम्ती चेकजाँच, आकस्मिक चेकजाँच, धार्मीक स्थल, मुख्य बजार तथा आर्थीक कारोबार बढी हुने बैंक, वित्तिय संस्थाहरु रहेका स्थान, यात्रु सहायता कक्ष लगायत भैपरी आउने अन्य सुरक्षा चुनौतीहरु लाई परास्त गर्ने गरी विशेष सुरक्षा योजना लागु गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय गौशालाबाट जिल्लाभर परिचालित हुने गरी कुल ५७ वटा क्युआरटी र मोटरसाईकल गस्ती सुरु गरेको छ । प्रत्यके मोटरसाइकलमा दुईजना प्रहरी हुनेछन् । जिल्लामा विद्यमान प्रहरी जनशक्ति बाटै थप व्यवस्थापन गर्ने गरी ५ सयभन्दा बढी जनशक्ति परीचालन गरेको डीएसपी विष्टले बताए ।