जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १७ आषाढ

महोत्तरी जिल्लाको सिडिओ बासुदेव दाहालको नेतृत्वमा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ

केन्द्र्र जलेश्वर महोत्तरीको समन्वयमा शुक्रबार भेट फर्मा,डेरी तथा बधशालाको अनुगमन गरिएको छ ।

अनुगमन कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको विभिन्न ठाउँहरुमा जलेश्वर,गौशाला,बर्दिबासमा

संंचालित २ दर्जन भन्दा माथि भेट फर्मा,डेरी तथा बधशालाहरुको अनुगमन गरी तिनीहरुमा पाइएको

समस्याहरुको निदानको रुपमा परामर्श दिइएको थियो । अनुगमन मा महोत्तरी सहायक सिडिओ

उपेन्द्र न्यौपाने,ना.सु. दिनेश प्र्रसाद साह,पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरको डा.

रंजित अधिकारी,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्वरको कार्यालय प्रमुख डा.ललित

लाल कर्ण, पशु शाखा प्रमुख अनिल प्रसाद गुुप्ता,लेखापाल गुण याादव को सहभागिता रहेको थियो ।





