“गौ मातालाई खुल्ला रहन देऊ“, गौ माताको लागि “कैद खाना“ नबनाऊ – Jaleshwortoday

“गौ मातालाई खुल्ला रहन देऊ“, गौ माताको लागि “कैद खाना“ नबनाऊ

 August 14, 2022  
Jaleshwor Today Editorial

“मानव जीवन भन्दा गौ माताको जीवन दीव्य“
“हिन्दू राष्ट्रको पहिचान हो गौ माता“
कतिपय मेयर र पत्रकार साथीहरु गौ मातालाई छाडा चौपाया र गोबरलाई फोहर भनेर मातालाई नै अपमान जनक शब्द बारबार प्रयोग गर्दा मलाई ध्यानाकर्षण भएको छ। मेरो विचारमा कुनै कुरा बोल्दा र लेख्दा सो सम्बन्धमा केही शास्त्रीय अध्ययन चाहिन्छ, त्यसपछि मात्र समाजिक सञ्जालमा कुरा राख्दा राम्रो हुन्छ। गौ मातालाई खुल्ला सडक मै कुटपिट गर्ने,यो सिधै सनातन धर्म को विरूद्ध हो। तर आफूलाई सनातनी भन्नेहरू चुप लागेर बसेका छन्।हो, नेपाल धर्मनिरपेक्ष राष्ट्र हो त्यसकारण गौ मातालाई बिच सडकमा कुटपिट गर्ने र कैद खानामा राख्ने योजनाहरु बन्दैछ। जब नेपाल हिन्दु राष्ट्र थियो, त्यतिबेला गौ मातालाई सडक मै पूजा गरिन्थ्यो तर आज “विनासे काल विपरीत बुद्धि“ सडकबाट लखेटेर गौ मातालाई कैद खानामा राख्दै छ। गौ शाला बनाउनु राम्रो कुरा हो तर कैद खाना बनाउनु सनातन धर्मको विपरीत हो।
आज नेपालको प्रत्येक शहरमा केटाकेटीहरू नशा पदार्थ सेवन गरेर जथाभावी रूपमा सडकमा मोटरसाइकल चलाउने, जेब्रा क्रसको प्रयोग नगर्ने र खुल्ला ठाउँमै सनातन संस्कृति विपरीत दृश्य देख्न पाउँदा के त्यस्तो को लागि कैद शाला बनाउने कि नबनाउने ??
याद गरौ,जब नेपालको सबै गौ माताहरूलाई कैद खानामा राख्ने प्रयास गर्छ तब समाजमा मात्रै हैन नेपालमा नै ठूलो उथलपुथल हुन्छ। त्यसकारण गौ मातालाई खुल्ला रहन देऊ र २४ घण्टा सबैले अक्सिजन पाऊ । ३५०० बर्ष पहिले वागभट्ट ऋषि ज्यूले बताउनुभएको कुरालाई मनन र अध्ययन गरौ ।
गाई छाडा चौपाया होइन र गाईको मुत्र एवं गोबर फोहर पनि होइन। गाई जनावर होइन।गाई त हाम्रो राष्ट्रिय माता हुन्। गौ माता प्रत्येक मानवको लागि कूल देवता हुन। गौ माताको मुत्र,गोबर,दुध,दही,मही र घी मानवको लागि अमृत तुल्य संजीवनी हुन। गौ माता “चलता– फिर्ता अस्पताल“ हुन। संसारकै सबैभन्दा बढी अक्सिजन दिने गौ माता हुन्।