जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० भाद्र्र
महोत्तरी क्षेत्र नं.— २ नेपाली काँग्रेस पार्टीबाट जिउँदो शहिद महेन्द्र यादव मधुकरले क्षेत्रिय समितिले गरेको निर्णय प्रति घोर आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक नामाबलि पठाउने केन्द्रिय कार्यालयको शर्कुल अनुसार प्रत्यक्षबाट ३ जना पुरुष तथा समानुपातिकबाट १ जना पुरुष र १ जना महिला पठाउने भनिए पनि मात्र एक जना किरण यादवको नाम क्षेत्रिय समितिको सभापति राजकरण साहले पठाएकोमा मधुकरले पार्टीको षडयन्त्रपूर्ण निर्णयप्रति आपत्ति जनाएका छन् । जवकी विस्तारित बैठकबाट किरण यादव,महेन्द्र यादव मधुकर र विरेन्द्र प्रसाद शर्माको नाम पठाउन प्रस्तावित गरिएको थियो । मधुकर आफू २०२८ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहेको,२०३६ सालमा जिउदोे शहिद घोषित भएको तथा २०५६ सालमा प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्षमा निर्वाचित भएको बताए । आफू यस पटक प्रतिनिधि सभाको लागि तयार भए पनि नाम नपठाएकोमा जिल्ला,प्रदेश तथा संघीय कार्यालयमा निवेदन दिने बताए । पार्टीले व्यवस्था छदाछदै एक्लो किरण यादवको नाम मात्र पठाएकोमा आपत्ति जनाए ।
