नेपाल सद्भावना पार्टीको केन्द्रीय अध्यक्ष महतोद्वारा सम्पूर्ण मधेसी समुदायमा दीपावलीको शुुभकामना – Jaleshwortoday

नेपाल सद्भावना पार्टीको केन्द्रीय अध्यक्ष महतोद्वारा सम्पूर्ण मधेसी समुदायमा दीपावलीको शुुभकामना

 October 23, 2022  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, ६ कार्तिक

नेपाल सद्भावना पार्टीको केन्द्रीय अध्यक्ष राम कुमार महतोले सम्पूर्ण मधेसी समुदायमा दीपावलीको हार्दिक मंंगलमय शुुभकामना व्यक्त गर्नु भएको छ ।
वहाँले मधेसीहरुको मुद्दा तथा विििभन्न समस्याहरुको समाधानको लागि नेपाल सद्भावना पार्टी सदियौदेखि प्रयासरत रहेकोले यस पटकको प्रदेश सभा र प्र्रतिनिधि सभाको चुनावमा भाग लिन सम्पूर्ण मधेसी जनसमुदायलाई आग्रह गर्नुभयो । साथै वहाँले अहिले स्व.गजेन्द्र नारायण सिंहको नाउँमा विभिन्न मधेसबादी दलहरुले भोट माँग्दै गरेको बुझिएकोले अब पथभ्रष्ट नभएर मधेसीहरुको एउटै परिवारबाद,नाताबाद तथा जातिबादबाट माथि उठेको पार्टी नेपाल सद्भावना पार्टी रहेकोले सबैले नेपाल सद्भावना पार्टीलाई सहयोग गर्न तथा प्र्रत्यक्ष तथा समानुपातिक उम्मेदबारहरुलाई विभिन्न ठाउँहरुबाट अत्यधिक मतदान गरी विजयी बनाईदिन आग्रह समेत गर्नुभयो ।
अहिलेसम्म नेपाल सद्भावना पार्टी सडकसम्म आन्दोलन गरेपनि जबसम्म सदनमा पुगिदैन तबसम्म मधेसी,उत्पीडीत,अल्पसंख्यक,दलित,थारु,मुस्लिम लगायतका अधिकार दिलाउन असम्भव रहेकोले अधिकार प्राप्तिको लागि प्रत्येक मधेसीले पन्जा छापमा मतदान गर्न आवश्यक रहेको वहाँले थप्नुभयो ।