विवाहपञ्चमीको शुभकामना – Jaleshwortoday

विवाहपञ्चमीको शुभकामना

 November 28, 2022  
oo

त्रेतायुगको जिउँदो ईतिहास—विवाहपञ्चमीलाई निरन्तर रुपमा जनकपुरधामबासीले कायम राख्न सफल भएको यस शुभ अवसरमा समस्त नगरबासी,श्रद्धालु भक्तजन,देश विदेशबाट पाल्नुभएका ऋषि,महर्षि तथा अतिथिहरुलाई स्वागत गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
आज जनकपुरधाम लगायत सम्पूर्ण मिथिलाञ्चल हर्षित तथा आनन्दीत भएको सहजै महसुस गर्न सकिन्छ । विभिन्न ठाउँहरु तथा मठ मन्दिरहरुमा रामजानकी मन्दिरहरुलाई बेहुली झै सजाइएको देखिन्छ भने यत्रतत्र सर्वत्र श्रद्धालु भक्तजनहरुले गल्ली,टोल तथा सडकहरु खचाखच भरिएको मनोरम दृष्य अलौकिक रहेको देखिन्छ । यस दृश्यले फेरी एक पटक त्रेता कालिन राम सीता विवाहको झझल्कोलाई स्मरण गराएको छ । वास्तवमा नेपाल—भारतको सम्बन्धलाई विगार्न जतिसुकै षडयन्त्र गरिए पनि हाम्रो विभिन्न धार्मिक पर्वहरु मध्ये विवाहपञ्चमी एक यस्तो महापर्व हो जसले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई बैबाहिक सम्बन्धको प्रतिकको रुपमा विश्वले बुझे सँगै नेपाल र नेपाली तथा भारत र भारतीय वीचको सम्बन्ध प्रगाढ बनाएको छ । राजनैतिक रुपमा नागरिकता समस्यालाई समाधान नगरिएर केहि समय नेपाल—भारतमा हुने नयाँ बैबाहिक सम्बन्धमा कमी देखिए पनि यो त्रेताकालिन सम्बन्धले कुनै पनि शक्तिले चुँडाउन नसकिने भएकोले भगवान राम र माता सीताको आशिर्वादले सबै समस्याहरु भविष्यमा समाधान हुने छ ।
एक चोटी फेरी त्रेताकालिन राजर्षि जनकको राज्य,माता सीताको जन्मभूमि तथा भगवान राम र माता सीताको विवाहभूमिमा पाल्नु भएका समस्त श्रद्धालु मानवजातिमा साधुबाद,हार्दिक अभिनन्दन गर्दै स्वागत गर्न चाहन्छौं ।