सीमावर्ती क्षेत्रमा कोरोनाको जोखिम, असावधानीले संक्रमित भेटिने खतरा - Jaleshwortoday

Dali dali slot machine

  1. Play Online Bingo For Money Ireland: It is important that a confirmation by e-mail is not sufficient in this case.
  2. Gambling Slots Real Money - Cookies are small data files that websites send to and store on the users computer or device.
  3. No Wagering Slots Canada 2025: It has a FAQs section that deals mainly with technical issues related to gaming operations.

No deposite free spins

No Deposit Slot Uk
The terms and restrictions of your bonus will be clearly disclosed in all reputable casinos, so read the details.
Saint Vincent Casino No Deposit Bonus Codes For Free Spins 2025
Again you can track the progress on the Ojo mascot and the higher the level you are, the more widespread the smile is.
Often casinos advertise a massive welcome bonus worth thousands but more often than not this bonus is divided into smaller deposit bonuses.

Texas holdem live poker 2 app

Casino Machine Games Canada
It has five reels, 15 paylines, and a lot of gold-sparkling authentic Egyptian symbols.
Play Casino Bonus Slots Free
Therefore, if youre not a fan of Microgaming casinos for NZ players, you might want to try another brand.
Casino Free Sign Bonus

सीमावर्ती क्षेत्रमा कोरोनाको जोखिम, असावधानीले संक्रमित भेटिने खतरा

 १३ पुष २०७९, बुधबार २०:०५  
gg

जलेश्वरटुडे समाचारदाता
पर्सा, १३ पौंष

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तीव्र गतिमा फैलिरहेको छ । वीरगञ्जसँग सीमा जोडिएको भारतको बिहारमासमेत संक्रमित देखिन थालेका छन्।

बिहारको बोधगयामा कोरोना संक्रमितको संख्या ११ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दलाई लामाको उपस्थितिमा हुने बौद्ध सम्मेलनमा भाग लिन म्यानमार र बैंककबाट आएका पर्यटकमा संक्रमण देखिएको थियो। गयापछि दरभंगा र पटनामा समेत संक्रमित भेटिने क्रम सुरु भइसकेको छ ।

खुल्ला सिमानाका कारण बिहारमा संक्रमण बढेको खण्डमा वीरगञ्जमा पनि कोरोना संक्रमण भित्रिन सक्ने जोखिम बढी हुन्छ । तर, वीरगञ्ज रक्सौल नाकास्थित हेल्थ डेस्कमा बिहान र बेलुका मात्रै एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ ।

नमुनाको रुपमा केही स्थानीयको तापक्रम लिने गरिएको छ भने भारतको जोखिमयुक्त सहरबाट आएको नेपाली वा भारतीय नागरिक तथा तेस्रो मुलुकबाट आएका विदेशीको मात्रै एन्टीजेन परीक्षण गर्ने गरिएको छ।

दैनिक १ सय जनाको एन्टिजेन परीक्षण गर्ने २ सय जनाको तापक्रम जाँच लगायत स्क्रिनिङ गर्ने गरिएको हेल्थ डेस्क इन्चार्ज डा.अनिसा महतोले बताइन्। उनले भनिन्, ‘पर्यटक नेपाल आउने सिजन हो, युरोपियन मुलुकबाट भारतको बाटो हुँदै पनि पाहुना आउँनुहुन्छ, कलकत्ता, इन्दोर, राजस्थानबाट बस नै रिजर्भ गरेर पनि पर्यटक आउँछन्।’

‘भारतको विभिन्न जोखिमयुक्त सहरबाट आउने नेपाली नागरिकको पनि एन्टीजेन परीक्षण नै गर्छौ ।’ उनले भनिन् ‘ दिनहुँ हजारौंको संख्यामा ओहोरदोहोर गर्ने सर्वसाधरण सबैको तापक्रम जाँच गर्न सक्ने जनशक्ति पनि हामीसँग छैन । स्याम्पलको रुपमा २ सय जना जतिको तापक्रम जाँच गर्छौ ।’

संक्रमणको जोखिम बढ्दै गएकोले एन्टीजेन किट मौज्दातमा राख्नुपर्ने सुझाव आफूले महानगरलाई दिएको उनले सुनाइन् । ‘ किट पाउन समस्या छ, बल्लतल्ल प्रदेश सरकारले १० हजार किट दिएपछि त्यसैबाट जाँच गरिरहेका छौं ।’ उनले भनिन् ‘जोखिम बढ्दो छ, आवश्यक पर्दा परीक्षण बढाउन एन्टीजीन मौज्दातमा हुनुपर्छ ।’

अक्टोबर पछि हेल्थ डेस्कमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमित भेटिएका छैनन् । कथमकदाचित पर्सा जिल्ला बाहिरका संक्रमित भेटिएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको उनले सुनाइन् ।

‘पर्सा जिल्ला बाहिरका संक्रमित भेटियो भने अस्पताल भर्ना गर्नुपर्ने छ भने त अस्पताल पठाउन सकिन्छ । तर होम आइसोलेसनमा राख्नुपर्ने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने समस्या छ ।’ उनले भनिन्, ‘बाहिर जिल्लामा संक्रमित पठाउनुपर्दा निकै झण्झट बेहोरेको विगतको अनुभव छ । कहाँ समन्वय गर्ने भनेर स्पष्ट निर्देशन दिए सहज हुन्थ्यो ।’

बुधबार नै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्ज–रक्सौल नाकाको इनरुवा स्थित हेल्थ डेस्कको स्थलगत निरीक्षण गरेका छन् । देशकै मुख्य नाकामा महानगरले सञ्चालन गरेको हेल्थ डेस्कको मेयर राजेशमान सिंह सहितको टोलीले निरीक्षण गरेका हुन् ।

कोरोना संक्रमण भित्रिन नदिन सतर्कता अपनाउनु पर्ने देखिएकाले पूर्व तयारीका लागि प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भारका कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको उनले जानकारी दिए । कोरोना संक्रमित भित्रिन नदिन नाकामा उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले हेल्थ डेस्क मार्फत भईरहेको सेवा प्रवाहबारे बुझेको मेयर सिंहले बताए ।

‘भारतमा कोरोना संक्रमित दैनिक बढिरहेका छन्, वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै पठाउन भनेको छु ।’ उनले भने । हेल्थ डेस्कमा आवश्यक पर्ने स्वास्थ्य उपकरण, मास्क, सेनीटाइजर लगायतका कुनै सामाग्रीको कमी हुन नदिने आश्वासन पनि उनले दिए ।