अभिनेता महेश बाबुलाई लिएर दुई भागमा फिल्म बनाउँदै राजामौली – Jaleshwortoday

अभिनेता महेश बाबुलाई लिएर दुई भागमा फिल्म बनाउँदै राजामौली

 December 31, 2022  
ee

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ पौंष

‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले अभिनेता महेश बाबुसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका छन् । ‘आरआरआर’को बम्पर सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ । फिल्मको कथा राजामौलीका पिता तथा ‘बाहुबली’, ‘आरआरआर’ लेखक केवी विजेन्द्रप्रसाद लेखिरहेका छन् । राजामौलीले यो फिल्मलाई दुई भागमा निर्माण गर्नेछन् । यो कुराको पुष्टि लेखक विजेन्द्रप्रसादले गरिसकेका छन् । ‘हो यो फिल्मको सिक्वेल पनि आउनेछ । सिक्वेलमा प्रमुख कलाकार पहिलो भागकै हुनेछन् । हामी अहिले स्क्रिप्ट फाइनलको तयारीमा जुटिरहेका छौं’, उनले भनेका छन् । नयाँ फिल्म सत्यघटनामा आधारित हुनेछ ।