सातै प्रदेशको प्रहरी प्रमुखको सरुवा, मधेशमा बसन्तबहादुर कुँवर आउँदै – Jaleshwortoday

सातै प्रदेशको प्रहरी प्रमुखको सरुवा, मधेशमा बसन्तबहादुर कुँवर आउँदै

 January 12, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ पौंष

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशमा रहेका डीआईजी मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको हो । यस्तै, कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजी दीपक थापा बागमती प्रदेशको प्रमुखको जिम्मेवारी पाएका हुन् । यस्तै, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश, बुद्धिराज गुरुङ गण्डकी प्रदेशको जिम्मेवारी पाएका हुन् । यस्तै, प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवाली आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । अब विमानस्थलमा किरण राणालाई खटाइएको छ ।
यस्तै, विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।