कम्प्युटर अपरेटको विज्ञापन खुलाउन माग गर्दै जनकपुरधाममा प्रदर्शन – Jaleshwortoday

कम्प्युटर अपरेटको विज्ञापन खुलाउन माग गर्दै जनकपुरधाममा प्रदर्शन

 February 6, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ माघ

करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरु सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले करार पदपूर्ति बन्द गर्नु पर्ने, मधेश प्रदेश लोकसेवा आयोग निस्कृय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर्नु पर्नेलगायतका माग गरेका थिए ।

उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन समेत माग गरेका छन् ।

‘करारमा धमाधम भर्ना भई रहँदा पनि मधेश प्रदेश लोकसेवा आयोगले हस्तक्षेप नगरी निष्क्रिय भई बस्नुले हामी तयारी गरिरहेका विद्यार्थीहरु अन्यायमा परेको महसुस गरेका छौ’ ज्ञापनपत्रमा भनिएको छ ‘ मधेश प्रदेश लोकसेवा आयोगलले आफ्नो अधिकारको अधिकतम प्रयोग गरी प्रदेश र स्थानीय तहमा रिक्त रहेका कम्प्यूटर अपरेटर पदका संख्या माग गरी नियमित रुपमा विज्ञापन गर्नु पर्ने विषयमा गम्भिर ध्यानकर्षण गराउन चाहन्छौ ।’

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले कम्प्युटर अपरेटर सम्बन्धि पदको विज्ञापन खुलाउन ऐन संशोधन गरी समावेश गर्ने आश्वासन दिएको प्रदर्शनकारी विद्यार्थी तर्फकी नेतृत्वकर्ता इन्दु सिंहले बताइन् ।