सन्त रामपालजी महाराजको बोध दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरियो – Jaleshwortoday

सन्त रामपालजी महाराजको बोध दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरियो

 February 16, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ फाल्गुण

धनुषाको मिथिला न.पा.- २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको ३६ औं बोध दिवस बडो उत्साहका साथ अविष्मरणीय रुपमा मनाइएको छ। त्यसैको उपलक्ष्यमा बुधबार शुरु भएको अमरग्रन्थ साहेबको तीन दिवसीय अखंड पाठ र विशाल भण्डाराको दोस्रो दिन बिहिबार दोब्बर संख्यामा श्रद्धालुहरुको उपस्थिति रह्यो। यस विशाल कार्यक्रममा आज सशस्त्र प्रहरीका डि.आई.जी गणेश ठाडा मगर ज्यू,मधेस प्रदेश सभा सांसद माननीय हरिनारायण महतो ज्यु लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रह्यो भने अझ पनि अतिथिहरुको आउने क्रम जारी नै छ । त्यहाँका सबै व्यवस्था र संरचनाहरुको अवलोकनका साथै उहाँहरुले भण्डारा प्रसाद ग्रहण गर्नुभयो ।
उक्त कार्यक्रममा आपसी सद्भाव तथा प्रेमका साथ सबैले नि:स्वार्थ सेवा गरेको देखेर सबै अतिथिहरु विशेष प्रभावित भएर प्रसंसा गर्दै बिदा हुनुभयो। सन १९८८ फरवरी १७ तारिख फाल्गुन औंशीको रात्रिमासन्त रामपालजी महाराजले परम सन्त रामदेवानंदजी संग दीक्षा प्राप्त गर्नुभएको उपदेश दिवस (दीक्षा दिवस) को स्मृतिमा उहाँको बोध दिवस मनाइएको हो । सन्त गरिब दासजीको अमृतवाणीको अखण्ड पाठ तथा भण्डाराको आज दोस्रो दिन भक्तजनहरु बाट ४१ युनिट रक्तदान तथा ३ नव जोडीहरुको दाइजो तथा आडंबर रहित रमैणी विवाह पनि गराइएको छ।

नेपाल, भारत, सीक्कीम, भुटान,आदी विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा श्रद्धालुहरु सहभागी भएका छन् । शुद्ध घ्युमा बनेका लड्डु,जेरी,हलुवा प्रसाद आदी सबै सेवा सुविधाहरु सर्व आगन्तुकका लागि नि:शुल्क रुपमा नै व्यवस्था गरिएको छ।

कार्यक्रममा आउने सर्व अतिथिका लागि परम सन्त रामपालजी महाराज द्वारा लिखित ज्ञान गंगा, गीता तिम्रो ज्ञान अमृत,जीउने मार्ग जस्ता पुस्तकहरुको सेवा पनि कार्यक्रममा गरिएको छ। फाल्गुन ५ गते यस कार्यक्रमको समापन हुने दिन रहेको छ।