महोत्तरीमा १ वटा घरेलु मदिरा भट्टी प्रहरीले भत्कायो – Jaleshwortoday

महोत्तरीमा १ वटा घरेलु मदिरा भट्टी प्रहरीले भत्कायो

 November 4, 2020  
Madira

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ कार्तिक

महोत्तरीमा प्रहरीले एकवटा अवैध मदिरा भट्टी भत्काएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका ५ स्थित संचालनमा रहेको घरेलु मदिरा भट्टी प्रहरीले भत्काएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय बलवाको संयुक्त प्रहरी टोलिले भट्टीमा रहेको तयारी मदिरा सय लिटर नष्ट गरेको छ । यस्तै मदिरा बनाउन राखिएको कच्चा पदार्थ एकहजार लिाटर, चिनी ५० किलो, युरिया मल ८ किलो, मेसिन थान २ नियन्त्रणमा लिएर स्थानीय जनप्रतिनिधको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।