जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ फाल्गुण

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज एक विशेष कार्यक्रम विच भाईचाराको पर्व होलि मनाएको छ ।

होलि तथा शुभकामना आदान प्रदान कार्यक्रममा शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुले एक अर्कालाई अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए । विद्यालयको संस्थापक तथा प्रधानाध्यापक पवन कुमार साहले होलि

असत्यमाथि सत्यको जितको प्रतिक रुपमा मानिएकोले गलत कुरालाई हटाई सहि र यर्थाथमा लागि जिवनलाई सफल बनाउन कार्यक्रममा उपस्थित सबैसँग आग्रह

गर्नु भएको थियो । साथै प्रधानाध्यापक साहले मधेसमा बुधबार मनाइने होलिमा

संयम शान्तिपूर्ण रुपमा मनाउन सबैसँग आग्रह गर्नुभयो । प्रधानाध्यापक साहले उपस्थित शिक्षकहरुलाई होलि टोपि तथा अबिर लगाई सम्मान गर्नु भएको थियो ।
फाल्गुण १९ गते शुक्रबार विद्यालयमा होलि टोपि बनाउने र होलि कार्ड रंग्ने

प्रतिस्पर्धाको परिणाम आज प्रकाशित गरिएको छ । जस अन्तर्गत कक्षा पिजीदेखि युकेजिसम्म होलि कार्ड रंग्ने प्रतिस्पर्धा गराइएको थियो भने कक्षा १

देखि ८ सम्म होलि टोपि बनाउन प्रतिस्पर्धा गराइएको थियो । दुबै प्रतिस्पर्धामा ४—४ जनालाई प्रथम,द्वितिय,तृतिय र चतुर्थ को उपाधि प्रदान गरी होलिसँग

सम्बन्धित व्यवहारिक पुरस्कारको रुपमा अबिर तथा पिचकारी विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । अन्य सहभागि विद्यार्थीहरुलाई समेत मनोबल उच्च गर्दै

प्रधानाध्यापक साहले प्रशंसा गर्नु भएको थियो । त्यसैगरी विद्यार्थीहरु नृत्य गरेर समेत खुशियाली बाँडेका थिए ।




