दीपावलीमा देउसी,जुवातास नखेल्न र छठमा भिडभाड नगरी मनाउन धनुषा प्रशासनको निर्णय – Jaleshwortoday

दीपावलीमा देउसी,जुवातास नखेल्न र छठमा भिडभाड नगरी मनाउन धनुषा प्रशासनको निर्णय

 November 12, 2020  
CDO

जलेश्वरटुडे समाचारदाता
धनुषा, २६ कार्तिक

धनुषामा हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व दीपावली, छठ पर्वहरुमा देउसी भैलो तथा जुवार तास खेल्नमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबार सूचना जारी गरी यस्तो निर्णय गरेको हो ।

कोरोना महामारी कोभिड-१९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै आज जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकबाट दीपावली (तिहार) र छठ पर्वहरुमा देउसी भैलो तथा जुवारतास नखेल्न, खोला नदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउन निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रशासनले उक्त निर्णय विपरीत कुनै पनि कार्य नगर्नरनगराउन जिल्लावासीसँग आग्रह समेत गरेको छ ।

यदी प्रशासनले जारीको निर्देशन विपरीत कसैले गरे गराए व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक संघरसंस्थाका पदाधिकारीहरुलाई संक्रामक रोग ऎन, २०२० बमोजिम कारवाही गरिने सीडीओ भट्टराईले बताए ।