जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० कार्तिक
मटिहानी नगरपालिकाद्वारा हिन्दुहरुको आस्थाको पर्व छठ्को अवसरमा शुुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

आज मटिहानी नगरपालिका वड़ा नं. ६, ७, र ८ को संयुक्त आयोजनामा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान—प्रदान कार्यक्रम समपन्न भयो ।

यस कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा , जि. स. स. महोत्तरीका सभापति सुरेश प्रसाद सिंह , मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल , जलेश्वर न.पा. प्रमुख राम शंकर मिश्र , जसपा पार्टीका महोत्तरी जिल्ला अध्यक्ष राम प्रकाश यादव,राम जानकी यादव, महोत्तरी उद्योग बाणिज्य संघ मटिहानीका अध्यक्ष मोहन प्रसाद गुप्ता , पूर्व अध्यक्ष विजय साह , उप—प्रमुख शिबो देवी साह , नेकाँका प्रतिनिधिहरु, नेकपाका प्रतिनिधिहरु तथा वडा अध्यक्षहरु, लगायत बुद्धिजीबी, समाजसेवी , किसान, मजदूर, व्यापारी,पत्रकार तथा सर्वसाधारणहरु सहभागी भएका थिए ।

उपस्थित वक्ताहरु लगायत नगर प्रमुख मण्डलले छठ्् पर्वको शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।


