योंग प्रोफेसनल फेलोसिपको छैठो संस्करण नेपालमा आयोजना हुने – Jaleshwortoday

योंग प्रोफेसनल फेलोसिपको छैठो संस्करण नेपालमा आयोजना हुने

 June 15, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३२ जेष्ठ

अन्तराष्ट्रिय संस्था ग्लोबल पिस चेनले ूयोंग प्रोफेसनल फेलोसिपू कार्यक्रमको छैठो संस्करण नेपालमा आयोजना गर्ने भएको छ ्र अमेरिका, फ्रान्स, युरोप लगायात ४० भन्दा बढी देशका १०० जना युवाहरुको उपस्थितिमा ३ दिवसीय कार्यक्रम काठमाण्डौमा जुलाई २७ देखि ३० सम्म आयोजना हुने ग्लोबल पिस चेनका नेपाल प्रमुख शिवांग दत्तले जानकारी दिएका छन् ्र
सो कार्यक्रम नेपाल युवा परिषदको सहकार्यमा हुने दत्तले जनाएका छन् ्र काठमाण्डौमा आयोजित एक विशेष समारोह बीच ग्लोबल पिस चेन का तर्फ बाट नेपाल प्रमुख शिवांग दत्त तथा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया ले ूसो कार्यक्रमलाई दुवै संस्थाले साझा रुपमा सहकार्य गरी आयोजना गर्नेू समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ्र
सो कार्यक्रममा विश्वको विकासको लागि युवाको भूमिका, स्थानीय खानाको महत्व, पर्यटन प्रबर्धन जस्ता विषयमा केन्द्रित रही ३ दिन छलफल हुने दत्तले बताएका छन् ्र सो कार्यक्रममा विभिन्न देशका कुटनीतिक प्रतिनिधि, नेपालका उच्चपदस्थ अधिकारीहरुको समेत सहभागिता रहने दत्तले जानकारी दिएका छन् ्र
ग्लोबल पिस चेन ले शान्ति र मानवाधिकारको क्षेत्रमा काम गर्दै आएको छ ्र सो संस्थाले टर्की, दुबई, थाइल्याण्ड, माल्दिभ्स, केन्या लगायात विभिन्न मुलुकहरुमा शान्ति सम्बन्धी अन्तराष्ट्रिय कार्यक्रमहरु आयोजना गरिसकेको छ ्र